काठमाडौं । नेपाल प्रेस युनियनका नारायणी अञ्चल संयोजक एवम् केन्द्रीय सदस्य संजय कार्कीलाई पत्नी शोक परेको छ । यही २०७५ साल साउन १८ गते गोसाईकुण्ड मन्दिर जाने क्रममा कार्कीको श्रीमती नम्रता कार्कीको पहिरोमा परि निधन भएको हो ।
नेपाल प्रेस युनियन केन्द्रीय सदस्य एवं गुञ्जन.एफ.एम चन्द्रपुर रौतहटका स्टेशन मेनेजर तथा सामाजिक अभियन्ता संजय कार्कीमाथि पर्न गएको अकल्पनीय घटनाले प्रजातन्त्रवादी पत्रकारहरुलाई स्तब्ध बनाएको छ । यस नयाँ विकल्प साप्ताहिक परिवार स्वः नम्रता कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
यसैगरी प्रजातन्त्रवादी पत्रकारहरुको संस्था लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज तथा प्रेस युनियनले छुट्टाछुट्टै वक्तव्य निकाली समवेदना प्रकट गरेका छन् ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...