
काठमाडौं । गत २४ घण्टामा देशभर थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । थप ४७४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४६० छ । अहिलेसम्म ७ लाख ९६ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ । यसमध्य ७ हजार ५ जना होम आइसोलेसन, ५१७ जना संस्थागत आइसोलेसनमा, १८९ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
मन्त्रालयका अनुसार पछिल्लो पटक बालबालिकामा पनि कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसमा १० वर्ष मुनिका १४ बालबालिका र ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित भएका छन् ।
काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...
काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै...
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि...