कारागारमा रहेका एक कैदीको मृत्यु – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

कारागारमा रहेका एक कैदीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ४३ वर्षीय एक कैदीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण थापा नाम गरेका कैदीको निधन भएको हो ।

प्रहरीका अनुसार मोरङ इटहराका थापा करणी मुद्दामा १० वर्ष कैद सजाय पाएका व्यक्ति हुन् । उनले ६ वर्ष कैद भुक्तान गरिसकेका थिए । थापाको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि कोशी अस्पताल लगिएको थियाे ।

थापालाई सार्स फेर्न गाह्रो भएको र पेट दुखेको कारण उपचारका लागि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका एसपी जनार्दन जिसीले बताए ।

गत मंगलबार चौकीदार किरण गुरुङसहित १४ जनालाई कारागारको एक कोठामा कैदीबन्धीहरुले बन्दगरेपछि कैदीबन्धीहरुबीच झडप भएको थियो । झडपमा परेर ६ जना घाइते भएका थिए । झडपपछि कारागार प्रशासनले चौकीदार किरण गुरुङसहित १४ जना कैदीबन्दीको सरुवा गरेको थियो ।

कारागार प्रशासनले निज थापा गत मंगलबारको झडपमा नपरेको बताएको छ । मोरङ प्रहरीका अनुसार उनलाई कुनै चोटपटक लागेको थिएन् ।

सम्बन्धित समाचार

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७८ कार्तिक २५, १६: ०७

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...

लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
  • २०७८ कार्तिक २५, १६: ०७

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ कार्तिक २५, १६: ०७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...