थप ३१७ जनामा कोरोना संक्रमण, २७९ जना मुक्त – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

थप ३१७ जनामा कोरोना संक्रमण, २७९ जना मुक्त

coronavirus

काठमाडौं । गत २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २७९ जना मुक्त भएका छन् । यो संगै हाल देशभर कोरोना भाइरस संक्रमणबाट निको हुनेहरुको संख्या कुल ७ लाख ९७ हजार ५९ जना रहेको छ ।

भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।

बिहीबार थपिएसँगै हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ५५ पुगेको मन्त्रालयको तथाकंमा उल्लेख रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेका छ । यसमध्यमा ७ हजार १० जना होम आइसोलेसनमा, ५२५ जना संस्थागत आइसोलेसनमा, १८८ जना आईसीयू र ५४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथाकंमा १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ भने ११ देखि २० वर्ष उमेर समूहका २६ जना रहेको जानकारी दिएको हो ।

सम्बन्धित समाचार

करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
  • २०७८ कार्तिक २५, १७: ०६

काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा...

अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
  • २०७८ कार्तिक २५, १७: ०६

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको...

उपराष्ट्रपति यादव अस्पताल भर्ना
उपराष्ट्रपति यादव अस्पताल भर्ना
  • २०७८ कार्तिक २५, १७: ०६

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर...