बारामा मोटरसाइकल दुर्घटना, २ को मृत्यु एक घाइते – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

बारामा मोटरसाइकल दुर्घटना, २ को मृत्यु एक घाइते

विरगञ्ज । बाराको कोल्हबीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाका ज्यान गएको छ ।बाराको कोल्हबी नगरपालिका वडा नं १ कोल्हबी टोलमा बस्ने १९ वर्षीय सुशील चौधरी र २० वर्षीय सागर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा सोही नगरपालिकामा बस्ने २० वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचार भइरहेको छ ।

करिब राति साढे ८ बजे कोल्हबी चोकबाट श्रीपुरतर्फ जाँदै गरेको ना.४२प ८०२३ न.को मोटरसाइकल अनियन्त्रित भई बटौलिया स्वास्थ्य चौकी भवनमा ठोक्किएको थियो ।

सम्बन्धित समाचार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ कार्तिक २८, १२: ४२

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ कार्तिक २८, १२: ४२

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०७८ कार्तिक २८, १२: ४२

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...