जर्मनीको रोमन क्याथलिक संस्थाले गरेको छानबिन प्रतिवेदनले ७० वर्षभित्र पादरीहरूबाट हजारौँ बालबालिका यौन हिंसामा परेको जनाएको छ । जर्मनीका रोमन क्याथलिक पादरीहरूले सन् १९४६ देखि २०१४ सम्ममा कम्तीमा ३६ सय बालबालिकासँग यौनदुव्र्यवहार गरेको खुलेको छ ।
रोमन क्याथलिक गिर्जाघर आफैँले गरेको एउटा अध्ययनका क्रममा पादरीहरूले त्यस्तो निन्दनीय कार्य गरेको भेटिएको थियो । सेप्टेम्बर २५ तारिखमा सो अध्ययनको प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ ।
जर्मनीको रोमन क्याथलिक संस्थाले गरेको छानबिन प्रतिवेदनमा १,६७० पादरीहरूले ३,६७७ बालबालिकामाथि कुनै न कुनै खालको यौनजन्य हिंसा गरेको उल्लेख गरिएको छ । गिर्जाघरका प्रवक्ताले सो प्रतिवेदनले आफूहरूलाई “निराशा र लज्जाबोध“ भएको बताएका छन् । विश्वभरि रोमन क्याथलिक इसाई पादरीहरू दशकौँदेखि यौनहिंसामा संलग्न भएका घटनाहरू सार्वजनिक हुने क्रममा यो सबैभन्दा ताजा घटना भएको बताइएको छ ।
अठतीस प्रतिशत आरोपितहरूमाथि मात्र अदालतमा मुद्धा चलाइएको र उनीहरूमध्ये धेरैलाई सामान्य अनुशासनसम्बन्धी कारबाही मात्र गरिएको छ ।
हिंसाका छ मध्ये एउटा घटना बलात्कारको रहेको छ । हिंसामा परेकाहरूमध्ये अधिकांश १३ वर्ष वा सोभन्दा कम उमेरका बालकहरू रहेका छन् । जर्मनीका २७ इसाई इकाइका ३८ हजार दस्तावेजहरूको सहयोगमा त्यहाँका तीनवटा विश्वविद्यालयले सो अध्ययन गरेका थिए । केही दस्तावेजहरू नष्ट गरिएको र केहीमा परिवर्तन गरिएको पाइएको भन्दै अध्ययनमा संलग्न व्यक्तिहरूले वास्तविक घटना र पीडितको सङ्ख्या अझै बढी हुनसक्ने बताएका छन् ।
जर्मन बिशप्स कन्फरेन्सका प्रवक्ता बिशप स्टेफान आकेर्मानले भने, “कुन हदसम्म यौन हिंसा भएको रहेछ भन्ने कुरा अध्ययनबाट थाहा पाएका छौँ। हामी ज्यादै निराश भएका छौँ र हामीलाई लाज लागेको छ । उनले गिर्जाघरभित्र हुने गरेका अनुचित कार्यहरू उजागर गर्न र त्यसबाट पीडितहरूको पक्षमा सो अध्ययन अघि बढाएको बताएका छन् ।
आफूहरूले अध्ययन गर्न नपाउँदै सो अध्ययनको प्रतिवेदनका महत्त्वपूर्ण जानकारीहरू सञ्चारमाध्यमसम्म पुगेको बिशपले बताए । उनले पादरीहरूबाट हिंसामा परेका पीडितहरूलाई परामर्श दिने गिर्जाघरको योजनासमेत बताए ।
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी...
काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका...
तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित सञ्चार...