पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई रिहा गर्न आदेश दिएको छ । शरिफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतको उक्त आदेश आएको हो ।
आमनिर्वाचन भएको केही समयपछि अदालतले गत जुलाइमा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका शरिफ र उनकी छोरी मरियम विरुद्धको फैसलालाई निलम्बन गरेको छ ।
पुनरावलोकनका लागि उनीहरूले दिएको निवेदनमाथि सुनुवाइका क्रममा अदालतले पछिल्लो आदेश दिएको हो । दुवैजनाले गलत काम गरेको भन्ने आरोप अस्वीकार गर्दै आएका छन् । शरिफकी क्यान्सरपीडित श्रीमती कुलसूम नवाजको उपचारका क्रममा लण्डनमा निधन भएको एक हप्तापछि अदालतको आदेश आएको छ ।
अन्तिम संस्कारमा सहभागी हुन बुवा र छोरीलाई अनुमति दिइएको थियो । तर फेरि उनीहरूलाई जेल पठाइयो । बुधवार अबेर जमानतमा उनीहरू रिहा हुने अपेक्षा गरिएको छ । मध्यलण्डनस्थित चारवटा विलासी सम्पत्तिको स्वामित्वसम्बन्धी भ्रष्टाचारको मुद्दामा गत जुलाइमा शरिफ दोषी ठहर भएका थिए । उनले आफूविरुद्धको अभियोग राजनीतिक रूपले अभिप्रेरित भएको बताउने गरेका छन् ।
एउटा अपराध गरेको अभियोगमा मरियमलाई सात वर्ष र मुद्दामा सहयोग नगरेकोमा एक वर्ष जेलसजाय सुनाइएको थियो । मुद्दामा नसघाएको भन्दै शरिफका ज्वाइँ सफ्दर अवानलाई एक वर्ष जेल सजाय सुनाइएको थियो । तीनैजनाको पुनरावेदनमाथि सुनुवाइ गर्दै बुधवार इस्लामाबाद उच्च अदालतले उनीहरूविरुद्धको फैसला निलम्बन गर्न आदेश दिएको हो ।
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी...
काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका...
तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित सञ्चार...