
काठमाडौं । थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ७ सय २७ जनाको नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २ सय ५९ जना निको भएका छन् ।
आज थप ३ जानाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार १ सय ८० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५ सय २९ पुगेको छ । ८ लाख ३ हजार १ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ५४ जना रहेका छन् । ६ हजार ६ सय १० जना होम आइसोलेसनमा छन् भने ३ सय ४४ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १ सय २० जना आईसीयू र ३७ जना भेन्टिलेटरमा छन् ।
१० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...