तीन जनाकाे मृत्यु, थप ३१६ जनामा कोरोना संक्रमण पुष्टी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

तीन जनाकाे मृत्यु, थप ३१६ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं । थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ७ सय २७ जनाको नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २ सय ५९ जना निको भएका छन् ।

आज थप ३ जानाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार १ सय ८० पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५ सय २९ पुगेको छ । ८ लाख ३ हजार १ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ५४ जना रहेका छन् । ६ हजार ६ सय १० जना होम आइसोलेसनमा छन् भने ३ सय ४४ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १ सय २० जना आईसीयू र ३७ जना भेन्टिलेटरमा छन् ।

१० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ मंसिर १५, १७: ५३

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
  • २०७८ मंसिर १५, १७: ५३

काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
  • २०७८ मंसिर १५, १७: ५३

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...