सूचनाको हकमा महिला पत्रकारको भूमिका – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सूचनाको हकमा महिला पत्रकारको भूमिका

नेपाल पत्रकार महासंघ, महिला समितिले सूचनाको हकबारे महिला पत्रकारको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । महासंघमा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले तिरेको करबाट सञ्चालित निकायमा हुने गतिविधिबारे जनतालाई जानकारी दिन सूचनाको हक सम्बन्धी कानुन बनेको बताए ।

उनले नेपाल सरकारले सूचना दिनै भनेर छुट्टै कर्मचारी नियुक्त गरेको भएता पनि सूचना दिन नजानेको भन्दै सूचना नदिने कर्मचारी विरुद्घ आयोगमा उजुरी दिन आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघको पहलमा सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको भन्दै त्यसको भरपुर सदुपयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

सञ्चारिका समुहकी नवनिर्वाचित अध्यक्ष नितु पण्डितले कार्यक्रमको आयोजना गरेकोमा महासंघलाई धन्यवाद दिँदै पत्रकारहरुमा सूचनाको हक सम्बन्धी व्यवस्थाको प्रयोग गर्ने प्रचलन कम रहेको भन्दै त्यसमा जोड दिन पत्रकारहरुलाई आग्रह गरे । उनले पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको संख्या पच्चीस प्रतिशत मात्रै रहेकोले पत्रकारितामा महिला पत्रकारको निरन्तरता आवश्यकता रहेको बताईन् ।

कार्यक्रममा महासंघकी सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले पुरुष पत्रकार सरह महिला पत्रकार पनि सक्षम छन् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको धारणा राखिन् । महासंघ लेखा समिति सदस्य मिराराज भण्डारीले स्वागत मन्तव्य राख्दै महिला पत्रकारको क्षमता अभिवृद्घिका तथा सूचनाको हकको प्रयोगका लागि कार्यक्रमको आवश्यकता रहेको धारणा राखिन् ।

कार्यक्रममा चलचित्र निर्माता संघकी अध्यक्ष सुचित्रा श्रेष्ठ, गोरखापत्र दैनिक प्रबन्ध सम्पादक हरिकला अधिकारी, पत्रकार रुवि श्रेष्ठ, दिपा दाहाल, शिल्पा कर्ण लगायतले सूचनाको हक सम्बन्धमा आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा महासंघ महिला समितिले सञ्चारिका समुहको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्नुका साथै पूर्ण सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ आश्विन १५, ०७: ४४

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ आश्विन १५, ०७: ४४

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७५ आश्विन १५, ०७: ४४

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...