लायन्सक्लबमा पत्रकार जगतको नयाँ अध्याय – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

लायन्सक्लबमा पत्रकार जगतको नयाँ अध्याय

काठमाडौं । लायन्स क्लव ईन्टरनेशनलको एक सय एक वर्षको इतिहासमा पहिलो पटक लायन्स क्लव फेलोशिप र रामेछापको स्पोन्सरमा पेशागत रुपमा गठित नेपाली पत्रकारहरुको पहिलो क्लवलायन्स क्लवअफ नेपाल जर्नालिष्टको हालै राजधानीमा चार्टर, ईन्डक्सन र ईन्टलेसन कार्यक्रम सम्पन्न भएको छ ।

क्लवको प्रस्तावित मर्मलाई सार्थकता दिने लक्ष्यअनुरुप पत्रकार योगेन्द्र प्रताप शाहीकोे अध्यक्षतामा अस्तित्वमा आएको क्लवमा नेपाल पत्रकार महासंघ भारत च्याप्टरका पदाधिकारी सहित दुइ दर्जन पत्रकारहरु क्रमस प्रथम उपाध्यक्षमा डा.निरञ्जन ओझा, द्वितिय उपाध्यक्षमा नेत्रप्रसाद न्यौपाने, सचिवमा श्रीजन झा, सहसचिवमा नरेन्द्र मानन्धर, कोषाध्यक्षमा मञ्जु शाही र सह कोषाध्यक्षमा शुभाञ्जली मानन्धर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा प्रल्हाद पोखरेल, यज्ञ ढकाल, हिरा आले, सन्तोष गौतम, विष्णु गिरी, विपन शाह, सविन विक्रम शाही, सुनिला महर्जन, यशश्वी शाही र सुनिता कोइराला, देव बहादुर कुँवर, लोकेन्द्र कुमार शाह, दानबहादुर बीक रहेका छन् । यसमध्ये कुँवर, शाह र विक पत्रकार महासंघमा भारत च्याप्टर आबद्ध रहेका छन् । त्यस्तै क्लवको इन्टरनेशनल फाउण्डेशन डाईरेक्टरमा राजन कार्की, पब्लिक रिलेसन अफिसरमा रोशन कार्की, क्लव डाईरेक्टरमा प्रज्वल थापा मिडिया डाईरेक्टरमा प्रविन श्रेष्ठ र मेम्वरशिप डाईरेक्टरमा हिरा आले रहेका छन् ।

मुलतः मानविय सेवामा समर्पित लायन्स क्लवले अमेरिकन नागरिक मेलभिनजोन्सले १९१७ मा एक परिणाममुखी अवधारणा सहित तत्काली विश्वयुद्धको चपेटामा परेको पिडितहरुको सहयोगार्थ स्थापना गरेको लायन्स क्लव इन्टरनेशनल विश्वको २११ राष्ट्रमा विस्तारित हुने क्रममा नेपालमा सन् १९७१ मा तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालालले संस्थापक अध्यक्षको जिम्मेवारी सहित विराटनगरमा स्थापना गरेका हुन् ।

तत्कालीन प्रम कोइरालाले नेपालमा लायन्सको प्रस्तावित लक्ष्य कार्यान्वयन गर्ने उद्देश्य अनुरुप १९७१ अर्थात विं.सं. २०४३ बाट सुरु गरेको नेपाली लायन्सका सहगोगी हातहरु विस्तारित भएको ४८ वर्ष वीचमा नेपालको तर्फबाट पहिलो पटक लायन्स संन्जय खेतानले अन्र्तराष्ट्रिय जगतमा प्रतिनिधीत्व गर्दाको क्षण जति महत्वपूर्ण थियो त्यतिनै महत्वपूर्ण पलको आभाष पेशागत रुपमा क्रियाशील पत्रकारको मात्र सहभागीता रहने गरि गठन भएको पहिलो क्लवलायन्स क्लवअफ नेपाल जर्नालिष्टको पदस्थापना कार्यक्रमका वक्ताहरुले बताए ।

वरिष्ठ पत्रकार, सञ्चार विज्ञ, क्लवका शुभचिन्तक लगायतको उपस्थिती सहितको भव्य कार्यक्रममा लायन्स क्लबका चियर परर्सन डी.आर खनालको प्रमुख आतिथ्यतामा र डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्गले क्लवकाको चार्टर प्रमाणपत्र क्लवका अध्यक्षमा योगेन्द्र प्रताप शाहीलाई हस्तान्तरण गरेका थिए ।

‘डिष्ट्रिक ३२५ एटु’ अन्र्तगत श्रमजिवी तप्काका लायन्स क्लवअफ नेपाल जर्नालिष्टको क्लवको चार्टर प्रमाण पत्र र सदस्यता प्रमाणपत्र एवम् पिन वितरणसंगै जनमानसमा लायन्स क्लवप्रति रहेको भ्रम अर्थात लायन्स भन्ने वित्तिकै सम्पन्न वर्गको क्लव हो भन्ने भ्रम चिर्न सफल हुनु नै महत्वपूर्ण पल सावित भएको वक्ताहरुले बताए ।

उक्त कार्यक्रममा चियर पर्सन लायन भरतप्रसाद प्रसाइले सुमधुर आवाज सहित सञ्चालन गरेका थिए । चार्टर प्रिजेन्टेन्सन समारोहमा लायन्स क्लब मल्टिपल चेयर पर्सन डीआर खनाल र डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्ग, जिएमटी चियर पर्सन शम्भु घिमिरे र सञ्चार जगतका आधार स्तम्भ वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी लगायतले लायन्स क्लव अफ नेपाल जर्नालिष्टको पदस्थापना कार्यक्रमको यो पल आफैमा महत्वपूर्ण रहेको जनाउ सहित पत्रकार वृतसँगको सहकार्यबाट लायन्सको अध्यायमा नयाँ श्रृङ्खलाको सुरुवात भएको अभिव्यक्ति दिएका थिए ।

क्लवका सचिव श्रीजन झाको स्वागत अभिव्यक्तिबाट सुरु भएको प्रस्तुत कार्यक्रममा धन्यवाद ज्ञापन क्लवका प्रथम उपाध्यक्ष डा. निरञ्जन ओझाले गरेका थिए । सो कार्यक्रममा डिस्ट्रिकका द्वितिय उपाध्यक्ष डा शुशिला मल्ल्ल, डिस्ट्रिक क्याविनेट ट्रेजर लायन विधान जोशी, पिडिजी लायन विजु बज्राचार्य, पिडिजी लायन मधुकर उपाध्याय लगायत उल्लेख्य जिम्मेवार पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ आश्विन १५, ०७: ४७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ आश्विन १५, ०७: ४७

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७५ आश्विन १५, ०७: ४७

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...