निर्मला हत्या प्रकरण रहस्यमयी, आशंकितको डिएनए टेष्ट मिलेन – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

निर्मला हत्या प्रकरण रहस्यमयी, आशंकितको डिएनए टेष्ट मिलेन

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्या आशंकामा डिएनए टेस्ट गरिएका एसपी डिल्लीराज विष्टसहित तीनैजनाको रिपोट नेगेटिभ आएको छ ।

निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएको बलत्कारीको शुक्रकिटसँग परीक्षण गरिएका ३ जनाको शुक्रकिट मेल नखाएको सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले आइतबार जानकारी दिएका हुन ।

डिएनए टेस्टको करिब १५ दिनपछि आएको रिपोर्टमा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको डिएनए मेल नखाएको भट्टले बताए ।

झण्डै दुई साता अघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डिएनए परीक्षणका लागि रगत लिएको थियो । केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको सिलबन्दी रिपोर्टलाई आइतबार कञ्चनपुर प्रहरीले खोलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले अनुसन्धान अधिकृत कृष्णराज ओझा सहित जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खेमराज भट्ट सहितको उपस्थितिमा रिपोर्ट खोलिएको बताए ।

निर्मलाको पक्षमा आन्दोलित स्थानीयबासीले माग गरे बमोजिम कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट उनका छोरा किरण र अर्का युवक आयुषको डिएनए थप अनुसन्धानका लागि परीक्षण गरेको थियो । जिल्ला न्यायाधिवक्ता भट्टका अनुसार निर्मलाको डिएनए प्रोफाईल बनेको छ । जसले बलात्कार गरेको हो, त्यसको डिएनए म्याच हुनेछ ।

पक्राउ परेर सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ बर्षिय दिलिप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडूको समेत डिएनए रिपोर्ट मिलेको थिएन । यस अघि पक्राउ परेका दुई र बाँकी तीनै जनाको डिएनए रिपोर्ट नमिलेपछि अब निर्मलाका वास्तविक हत्यारा को हो ? भन्ने प्रश्न खडा भएको छ । यता स्थानीयले एसपी बिष्ट र उनको अनुसन्धान टोलीका इनेस्पेक्टर र दुई जना सईलाई नियन्त्रणमै राखेर अनुसन्धान नहुदा सम्म घटना बाहिर नआउने भन्दै आन्दोलन थालेका छन् ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
  • २०७५ आश्विन १५, ०८: ०२

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले...

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
  • २०७५ आश्विन १५, ०८: ०२

काठमाडौं : बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।...

आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
  • २०७५ आश्विन १५, ०८: ०२

काठमाडौँ : आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४...