
नयाँ विकल्प,
काठमाडौं– च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज पनि आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे जेनित र चेल्सी तथा युभेन्ट्स र माल्मो खेल्दैछन् । यो समूहबाट युभेन्ट्स र चेल्सी अन्तिम १६ मा पुगिसकेका छन् । राति पौने २ बजे एट्लान्टा र भिलारियल तथा म्यानचेस्टर युनाइटेड र योङ ब्वाइज खेल्दैछन् । यो समूहबाट युनाइटेड अन्तिम १६ मा पुगिसकेको छ, आजको खेलपछि बाँकी अर्को टोलीको टुङ्गो लाग्नेछ ।
यस्तै पौने २ बजे नै बार्यन म्युनिख र बार्सिलोना तथा बेन्फिका र डाइनाभो किभ खेल्दैछन् । यो समूहबाट बार्यन अन्तिम १६ मा पुगिसकेको छ । अन्तिम १६ मा पुग्न आज बार्सिलोनालाई जित्नैपर्ने दबाब छ । तर बार्सिलोना बार्यनसँग पराजित भए पनि डाइनाभोले बेन्फिाकालाई हराएमा बार्सिलोना नै अन्तिम १६ मा पुग्नेछ । तर बार्सिलोना पराजित हुने र बेन्फिकाले डाइनाभोलाई हराएमा बार्सिलोना बाहिरिनेछ, बेन्फिका अन्तिम १६ मा पुग्नेछ ।
यस्तै आजै सेभिल्ला र आरबी साल्जबर्ग तथा वल्भ्सवर्ग र लिले खेल्दैछन् । यो समूहबाट सबै टिमको अघिल्लो चरणमा पुग्ने सम्भावना रहेको छ । ३२ टिममध्ये अन्तिम १६ मा पुग्ने १२ वटा टिमको टुङ्गो लागेको छ, बाँकी चार वटा टोलीको टुङ्गो आज लाग्नेछ ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...