
काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।
प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवाले महाधिवेशन उ्दघाटन सत्रको अध्यक्षता ग्रहण गरेका छन् ।

महाधिवेशनलाई सफलताको शुभकामना व्यक्त गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्गदेनसहितका नेताहरुको उपस्थिति रहेको छ ।
उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता एवम् सञ्चार विभाग संयोजक विश्वप्रकाश शर्माले गरिरहेका छन् । दिउँसो १ बजे सुरु हुने भनिए पनि ढिला गरी शुरू भएको हो ।



काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...