बनेपा । सवारी दुर्घटनामा परी काभ्रेपलाञ्चोकमा नेपाल प्रहरीका बहालवाला डिआइजी शुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको छ । काभ्रे प्रहरीका एसपी रविराज खड्काका अनुसार डिआइजी भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
बा ३ प २८७ नम्बरको नीजि गाडीमा ६ जना सवार थिए । डिआइजी सहित मन्डन देउपुर नगरपालिका–४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० स्थायी घर भएका नेपाल ट्रेड युनियन कांग्रेसको तीन नम्वर प्रदेश संयोजक विनोद कार्कीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । पराजुली रेडियो गौरवमा कार्यरत थिए । गाडीमा सवार तीन जनाको धुलिखेल अस्पतलामा उपचार भइरहेको छ ।
डोजर लगाएर खनिएको कच्चीमार्ग हुँदै चुरीथुम्काबाट हेगुवापाटी जाँदै गरेको सो टोयटा ल्यडक्रुजर जीप सडकबाट करिव पाँच सय मिटर तल खसेको थियो । जीपका सवार पनौतिका व्यवसायीहरु सीताराम हुमागाईँ, प्रदीप बोगटी र किरण गौतम सख्त घाईते भएका छन् ।
पारिवारिक स्रोतका अनुसार डीआइजी भण्डारी क्रसर व्यवसाय सञ्चालन गर्ने योजना अनुसार विदाको दिन पारेर सो स्थानमा पुगेका थिए । धनगढी उपमहानगरपलिकाका स्थायी वासिन्दा भण्डारी २०४६ सालमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी महानिरिक्षक सर्वेन्द्र खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...