दुर्घटनामा पत्रकार पराजुली, डीआइजी भण्डारी, मजदुर नेता कार्कीको निधन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

दुर्घटनामा पत्रकार पराजुली, डीआइजी भण्डारी, मजदुर नेता कार्कीको निधन

बनेपा । सवारी दुर्घटनामा परी काभ्रेपलाञ्चोकमा नेपाल प्रहरीका बहालवाला डिआइजी शुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको छ । काभ्रे प्रहरीका एसपी रविराज खड्काका अनुसार डिआइजी भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बा ३ प २८७ नम्बरको नीजि गाडीमा ६ जना सवार थिए । डिआइजी सहित मन्डन देउपुर नगरपालिका–४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० स्थायी घर भएका नेपाल ट्रेड युनियन कांग्रेसको तीन नम्वर प्रदेश संयोजक विनोद कार्कीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ  । पराजुली रेडियो गौरवमा कार्यरत थिए । गाडीमा सवार तीन जनाको धुलिखेल अस्पतलामा उपचार भइरहेको छ ।

डोजर लगाएर खनिएको कच्चीमार्ग हुँदै चुरीथुम्काबाट हेगुवापाटी जाँदै गरेको सो टोयटा ल्यडक्रुजर जीप सडकबाट करिव पाँच सय मिटर तल खसेको थियो । जीपका सवार पनौतिका व्यवसायीहरु सीताराम हुमागाईँ, प्रदीप बोगटी र किरण गौतम सख्त घाईते भएका छन् ।

पारिवारिक स्रोतका अनुसार डीआइजी भण्डारी क्रसर व्यवसाय सञ्चालन गर्ने योजना अनुसार विदाको दिन पारेर सो स्थानमा पुगेका थिए । धनगढी उपमहानगरपलिकाका स्थायी वासिन्दा भण्डारी २०४६ सालमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी महानिरिक्षक सर्वेन्द्र खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७५ कार्तिक १४, ११: ३२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७५ कार्तिक १४, ११: ३२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७५ कार्तिक १४, ११: ३२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...