साफ फुटबलः उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई नगद सहित सम्मान – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper
खेल र खेलाडीको बिकासका लागि सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

साफ फुटबलः उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई नगद सहित सम्मान

काठमाडौं । सरकारले साफ फुटबलको उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई नगद सहित सम्मान गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले साफको उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख नगद सहित सम्मान गरेका हुन् ।

सरकारले यसअघि साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । पूर्व घोषणा अनुसार खेलाडीलाई ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्र सहित सम्मान गरेको हो । पुरस्कार पाउने खेलाडीमा किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, नितिन थापा, बिशाल राई, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी रहेका छन् ।

त्यस्तै सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी, कमल थापाका साथै प्रशिक्षकमा अब्दुल्लाह अलमुताईरी, सहायक प्रशिक्षकमा किरण श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा बिकाश मल्लले पनि पुरस्कार पाएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले खेल र खेलाडीको बिकासका लागि सरकार प्रतिवद्ध रहेको बताए । खेलाडीहरुको मनोवल उच्च राख्न सरकारले सदैव खेलाडीहरुको हितमा काम गर्ने जिकिर गरे ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा अन्तराष्ट्रिय खेल खेलाउन सक्ने मैदान आवश्यक रहेकाले आगामी बजेटमा सरकारले ध्यान दिने बताए । खेलाडीहरुलाई पुरस्कार दिने बिषयमा कार्यबिधि तयार गरेर नै अघि बढ्ने तयारीमा मन्त्रालय अघि बढेको जानकारी दिए ।

नेपाल साफ च्याम्पियनसिप फुटबलमा पहिलो पटक फाईनल प्रवेश गरेको थियो । उपाधि भिडन्तमा नेपाली टिम भारतसँग पराजित बनेको थियो ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ पुष ६, १३: ०७

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ पुष ६, १३: ०७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ पुष ६, १३: ०७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...