विधानको मस्यौदा नबन्दै महासमिति बैठक – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

विधानको मस्यौदा नबन्दै महासमिति बैठक

काठमाडौ । नेपाली कांग्रेसले संविधान बमोजिम विधानलाई परिमार्जन गर्न गठन गरेको बिधान संशोधन मस्यौदा समितिले प्रतिवेदन तयार नै नपारेको अवस्थामा पार्टीले भने दुई सातापछि तोकिएको महासमिति बैठक भृकुटीमण्डपमा हुने घोषणा गरेका छ । केन्द्रीय कार्य समिति बैठक एक महिनादेखि बस्न नसकेको अवस्थामा सभापति देउवाले काठमार्डौ जिल्लाका सभापतिलाई बोलाएर महासमिति बैठकस्थल भृकुटीमण्डप भएको बताए पनि तयारी भने भएको छैन ।

पार्टीका शीर्ष नेतासँग सभापति देउवाको सहमति नभएपछि केन्द्रीय समिति बैठक बारम्बार अनिश्चित कालको लागि बन्द हुँदै आएका छ । दुई साता मात्र वाँकी रहँदा महासमिति बैठकको लागि कुनै पनि समिति गठन गरिएको छैन् । पार्टी भित्रको बिबाद देखाउँदै देउवा महासमिति बैठक मंसिर पहिलो साताबाट दूइ महिना पछि सार्न चाहन्छन् । तयारीबारे पार्टी सभापति शेरबहादुर देउवा सहित केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्लाका कार्यसमितिको संयुक्त बैठकले स्थानबारे निर्णय गरेको हो । महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म हुने कांग्रेस केन्द्रीय कार्यसमितिले भदौ ९ गते निर्णय गरेको थियो ।

यस्तै बैठकले नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र २०७५ कार्तिक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा हुने जलपान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई भव्य र व्यवस्थित गराउन आवस्यक तयार गर्न सभापति देउवाले निर्देशन दिएका छन् ।

महासमितिको बैठक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने सन्दर्भमा स्थानीय व्यवस्थापन समितिको अर्को बैठक सोमबार बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । असन्तुष्ट नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले गत असोज २० गतेको केन्द्रीय कार्य समिति बैठकमा बहुमतको आधारमा बलजफ्ती गरेर नेविसंघको विधानको एउटा मात्र प्रावधान पारित गरेकोप्रति आपत्ति जनाउँदै लिखित असहमति जनाएका थिए । कांग्रेस केन्द्रीय कार्य समितिको कार्यसूचिमा रहेको नेविसंघको बिधान अनुमोदन, केन्द्रीय कार्य सम्पादन समिति र अनुशासन समिति गठनमा समेत ढिलाइ भएको छ ।

सबै सेड्युअलहरु अलपत्र परेको अवस्थामा पार्टीको बिधान मस्यौदा समितिले १६ गते भित्र प्रतिवेदन तयार गर्ने जनाउँदै आएको छ । पार्टी केन्द्रीय कार्य समितिको बैठक बस्न नकसकीहरेको अवस्थामा महासमिति बैठक मंसिर पहिलो साता राखिए पनि तयारीको अवस्था हेर्दा भने विश्वस्नीय देखिँदैन् ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७५ कार्तिक १४, ११: ३६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७५ कार्तिक १४, ११: ३६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७५ कार्तिक १४, ११: ३६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...