काठमाडौ । नेपाली कांग्रेसले संविधान बमोजिम विधानलाई परिमार्जन गर्न गठन गरेको बिधान संशोधन मस्यौदा समितिले प्रतिवेदन तयार नै नपारेको अवस्थामा पार्टीले भने दुई सातापछि तोकिएको महासमिति बैठक भृकुटीमण्डपमा हुने घोषणा गरेका छ । केन्द्रीय कार्य समिति बैठक एक महिनादेखि बस्न नसकेको अवस्थामा सभापति देउवाले काठमार्डौ जिल्लाका सभापतिलाई बोलाएर महासमिति बैठकस्थल भृकुटीमण्डप भएको बताए पनि तयारी भने भएको छैन ।
पार्टीका शीर्ष नेतासँग सभापति देउवाको सहमति नभएपछि केन्द्रीय समिति बैठक बारम्बार अनिश्चित कालको लागि बन्द हुँदै आएका छ । दुई साता मात्र वाँकी रहँदा महासमिति बैठकको लागि कुनै पनि समिति गठन गरिएको छैन् । पार्टी भित्रको बिबाद देखाउँदै देउवा महासमिति बैठक मंसिर पहिलो साताबाट दूइ महिना पछि सार्न चाहन्छन् । तयारीबारे पार्टी सभापति शेरबहादुर देउवा सहित केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्लाका कार्यसमितिको संयुक्त बैठकले स्थानबारे निर्णय गरेको हो । महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म हुने कांग्रेस केन्द्रीय कार्यसमितिले भदौ ९ गते निर्णय गरेको थियो ।
यस्तै बैठकले नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र २०७५ कार्तिक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा हुने जलपान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई भव्य र व्यवस्थित गराउन आवस्यक तयार गर्न सभापति देउवाले निर्देशन दिएका छन् ।
महासमितिको बैठक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने सन्दर्भमा स्थानीय व्यवस्थापन समितिको अर्को बैठक सोमबार बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । असन्तुष्ट नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले गत असोज २० गतेको केन्द्रीय कार्य समिति बैठकमा बहुमतको आधारमा बलजफ्ती गरेर नेविसंघको विधानको एउटा मात्र प्रावधान पारित गरेकोप्रति आपत्ति जनाउँदै लिखित असहमति जनाएका थिए । कांग्रेस केन्द्रीय कार्य समितिको कार्यसूचिमा रहेको नेविसंघको बिधान अनुमोदन, केन्द्रीय कार्य सम्पादन समिति र अनुशासन समिति गठनमा समेत ढिलाइ भएको छ ।
सबै सेड्युअलहरु अलपत्र परेको अवस्थामा पार्टीको बिधान मस्यौदा समितिले १६ गते भित्र प्रतिवेदन तयार गर्ने जनाउँदै आएको छ । पार्टी केन्द्रीय कार्य समितिको बैठक बस्न नकसकीहरेको अवस्थामा महासमिति बैठक मंसिर पहिलो साता राखिए पनि तयारीको अवस्था हेर्दा भने विश्वस्नीय देखिँदैन् ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...