कांग्रेसको पक्षमा उर्लियो जनसागर, लोकतान्त्रिक गठबन्धन नै पहिलो हुने संकेत – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

कांग्रेसको पक्षमा उर्लियो जनसागर, लोकतान्त्रिक गठबन्धन नै पहिलो हुने संकेत

काठमाडौं । सात दशक लामो इतिहास बोकेको कांग्रेसले मुलुकको राजनैतिक परिवर्तन गराउन उल्लेखनिय भूमिका खेल्दै आएको हुँदा प्रतिनिधी सभा सदस्य र प्रदेश सभा निर्वाचनमा कांग्रेसको पक्षमा जनलहर ह्वात्तै बढेर आएको छ ।

पहिलो संविधान सभामा सबै भन्दा बढी स्थान जितेर ठूलो पार्टी बन्न सफल भएको माओवादी पार्टी दोस्रो संविधान सभामा खुम्चेर तेस्रो हुन पुग्यो । अहिले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा एमालेको बैशाखी टेकेर ३९ प्रतिशतमा खुम्चीन पुगेको छ भने एमाले माओवादी पार्टीलाई एमालेमा विलिन बनाएर सत्ता हड्प्ने सपना देखिरहेको छ ।

यद्यपी अहिलेको वामगठबन्धन केबल के.पी. ओली र पुष्पकमल दाहालको व्यक्तिगत स्वार्थमा केन्द्रीत भएको हुँदा वाम घटकका शक्तिशाली नेताहरु समेत छाँयामा पर्न लागेका कारण वामगठबन्धन भित्रै घातप्रतिघातले उग्ररुप लिने राजनैतिक वृत्तमा चर्चा चलिरहेको छ । यता कांग्रेसले आफूलाई जनताको बीचमा यस पटक स्पष्ट रुपमा आप्mमा एजेण्डाहरु प्रस्तुत गर्न सकेको हुँदा नेपाली जनता उसैको पक्षमा जुर्मुराएका छन् । निर्वाचनको क्रममा टिकट वितरणमा असन्तुष्टि व्यक्त गर्दै बाहिर ननिस्केका नेता तथा कार्यकर्ता पनि स्वतस्फूर्त पार्टीको प्रचारप्रसार र आफ्ना

उम्मेदवारलाई जिताउन लागि परेका छन् । प्रत्येक इमान्दार कार्यकर्ताहरुले बी.पी. देखि जी.पी सम्मको सपना साकार पार्ने योजना कांग्रेसको रहेको भन्दै चुनावी रणभूमिमा आफूलाई समाहित गरेका छन् । बी.पी. कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई हुँदै दोस्रो जनआन्दोलनका सर्वोच्च कमाण्डर समेत रहेका गिरिजाप्रसाद कोइरालाको राजनैतिक इतिहास बोकेको कांग्रेस यतिखेर जुरुक्कै उठेको छ । यद्यपी वि.पी., गणेशमान, कृष्ण प्रसाद र गिरिजाप्रसाद जस्ता नेताको निधनपछि हालका वर्तमान नेतृत्वकर्ता नेताहरुबाट त्यो किसिमको माया सद्भाव पाउन नसके पनि इतिहासलाई बिर्सन नमिल्ने भन्दै कांग्रेसका नेता तथा कार्यकर्ता यतिखेर चुनावी मैदानमा मरिमेटेरै लागि परेका कारण कांग्रेसको पक्षमा जनलहर बढेको हो । गाउँगाउँमा नेपाली कांग्रेसको भातृसंस्थादेखि बुद्धिजीवीहरु जनतालाई वामगठबन्धन र लोकतान्त्रिक गठबन्धन बीचको फरक छुट्टाएर मतदातासँग आफ्नो प्रभाव बढाउन लागि परेका छन् ।

वामगठबन्धनलाई यतिखेर लोकतान्त्रिक गठबन्धनका राजनैतिक दलहरुले निकै कडा प्रहार गरिरहेका कारण जवाफ फर्काउन सकिरहेका छैनन् । लेनिन र माक्सको आयातीत सिद्धान्तबाट नेपाली जनतालाई फकाउँदै आएका नेपालका कम्युनिष्टहरुलाई यतिखेर वामगठबन्धनको औचित्य पृष्टि गर्न निकै परिश्रम गर्नुपरेको छ । यता २०५२ सालदेखि हतियार उठाएर नेपालको क्रान्तिको कुरा गर्दै हिँडेको माओवादी पार्टीलाई १७००० नेपालीहरुको निहत्या जनता मारेको आरोप लागेको र चितवनबाट उम्मेदवार बनिरहेका पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुडे घटनामा आप्mनो पार्टीले गल्ती गरेको हो भन्दै माफी माग्नु परेको अवस्था हेर्ने हो भने नेपालका कम्युनिष्टहरु भूmठा बोल्न माहिर छन् भन्दै चितवनवासीले टिप्पणी गरिरहेको छन् । निर्वाचन जित्न पुष्पकमल दाहाल प्रचण्डले जस्तोसुकै हथकण्डा प्रयोग गर्न पछि नपर्ने कुरा यस पटक भन्दा अगाडिको निर्वाचनमा देखिएको दृष्टान्त हो ।

पहिलो संविधानसभाको निर्वाचनमा सहज रुपमा अवतरण भएका प्रचण्ड दोस्रो निर्वाचनमा काठमाडौंको १० नं. क्षेत्रबाट स्थानीय कांग्रेस नेता राजन के.सी सँग हारेका र सिरहामा पनि हारी सकेका प्रचण्डलाई सबै राजनैतिक दलले तत्कालिन अवस्थामा जर्बजस्ती जिताएको आरोप अहिले पनि लागि रहेको हुँदा चितवनमा प्रचण्ड निकै कडा प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिरहेका छन् । यसरी चितवनमा वामगठबन्धनबाट उम्मेदवारी दिएका पुष्पकमल दाहालको पक्षमा माहोल बन्न सकिरहेको छैन भने प्रचण्डले चुनाव हार्न सक्ने आंकलन गरिदैछ । यसले गर्दा पनि वामगठबन्धन भित्र निकै तनाव उत्पन्न भएको छ । उता के.पी. ओली आफ्नो पकडको क्षेत्रबाट चुनावी मैदानमा ओर्लिएका कारण उनको प्रतिस्पर्धी त्यति चर्चामा देखिएको अनुमान गरीएको छैन । तर वामगठबन्धनका प्रमुख व्यक्ति प्रचण्डलाई भने रा.प्र.पाको नेता विक्रम पाण्डेसँग फ्याउ फ्याउ परिरहेका छन् ।
कांग्रेससँग वामगठबन्धन छोडेर बामगठबन्धन बनाउन पुगेका प्रचण्डलाई राजनैतिक रुपमा नै धोका दिने रणनीति अनुरुप हिजो रेणु दाहाललाई मत मागेका र हालेका मतदाताले यस पठक रा.प्र.पालाई सघाउन लागिपरेका छन् । उता एमालेको एउटा तप्का पनि प्रचण्डलाई हराउन लागेको राजनैतिक वृत्तमा चर्चा चलेको छ ।
कांग्रेसले भने आफ्नो स्पष्ट राजनैतिक मुद्दा लिएर जनतामाझ पुगेको छ । गणतन्त्र स्थापनादेखि नयाँ संविधान निर्माण गर्न कांग्रेसले खेलेको भूमिकाका बारेमा जनताबीच व्यापक अन्तरक्रियामा रहेको कांग्रेसले यो निर्वाचनलाई जनमत संग्रह कांग्रेसकै संज्ञा देशैभर आमसभा गरिरहेको छ । आमसभामा उल्लेख्य रुपमा जनलहरको उपस्थिति रहने अनुमान गरिदैछ । गणतन्त्र स्थापना गणतन्त्रको संस्थागत विकासमा नयाँ संविधान कांग्रेसकै नेतृत्वमा घोषणा भएपश्चात सहजरुपमा सत्ता हस्तान्तरण लगायत राजनैतिक निर्णयमा कांग्रेस निकै अगाडी देखिएकोले पनि कांग्रेसको पक्षमा जनता ओर्लिएको राजनैतिक विश्लेषकहरु बताउँछन् ।
कांग्रेसले यतिखेर यो निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिएको छ । त्यसैले कांग्रेसको ठहर छ यदी वामगठबन्धनले यो निर्वाचनमा बहुमत ल्याएमा मुलुकमा अधिनायकवादको उदय हुने, एक दलीय साशन व्यवस्थाको उदय हुने, नेपाली कांग्रेसलाई २००७ सालदेखि एक दलिय व्यवस्था चाहने र उग्रदक्षिणपन्थी हुँदै बर्तमान अवस्थामा वामपन्थीहरुले समेत घेराबन्दीमा पार्न खोजेको ठहर गर्दै नेपाल र नेपाली जनताका बीच पुनः राजनैतिक संवैधानिक द्धन्द्ध निम्तिने विश्लेषण कांग्रेसले गरेको छ । कांग्रेसले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय मेलमिलापलाई विखण्डन गर्न खोजेको भन्दै नेपाली जनतासँग आफ्नो पक्षमा मत मागिरहेको छ ।

लोकतान्त्रिक व्यवस्थाको हिमायती कांग्रेसले आर्थिक उन्नतीको बिचलन गराउन खाजेको आरोप पनि वामगठबन्धनलाई लगाएको छ । २०४८ सालपछि कांग्रेसले गरेको आर्थिक परिसूचकको गणितिय हिसाबकिताब समेत स्पष्ट राखेको छ । जस अनुसार २०४८ सालमा गरिबीको रेखामुनी रहेको जनसंख्या ४८% भएकोमा हाल २१% मा झरेको, साक्षरता प्रतिशत बढेको जसअनुसार २०४८ सालमा ५०% मा रहेकोमा अहिले ९० प्रतिशतको हाराहारीमा पुगेको नेपालीको औसत आयु ५४ वर्षबाट ७१ मा पुगेको, उच्च शिक्षादेखि इन्जिनियरको संख्या ५७९ बट ३७००० को हाराहारीमा पुगेको, शिशु मुत्युदर १०८% बाट घटेर ३३% मा झरेको, बिजुली उत्पादन २२७ मेघावटबाट ८५० मेगावट पुगेको, सडक विस्तार ७३०० बाट ८१००० कि.मी पुगेको, बैकिङ्ग सेवा संख्या ५ बाट ११७ को संख्यामा पुगेको वन क्षेत्र नास हुनबाट बचाएको जस्ता परिसूचक समेतको स्पष्ट खाका नेपाली जनता माझ राखेकोले कांग्रेसको पक्षमा बौद्धिक वर्गको समेत जनमत बढेको हो ।

यसका अलावा कांग्रेसले राष्ट्रियता सम्बद्र्धन र लोकतन्त्रको रक्षार्थ बहुलवादमा आधारित बहुदलिय व्यवस्था अक्षुण राख्ने प्रतिबद्धता, आर्थिक समृद्धी र युवा रोजगारी समतामूलक समाज निर्माण, देश जोड्ने संघीयता, सावैभौम, सक्रमणकालिन न्याय व्यवस्था, सामाजिक धार्मिक सद्भावदेखि शोकसम्मको व्यवस्था अगाडी सारेर कांग्रेस चुनावी मैदानमा ओर्लिएको छ । त्यसैले यस पटकको निर्वाचनमा कांग्रेस अरु राजनैतिक दलभन्दा बढी सहज र जिम्मेवार देखिएकोले आम नेपालीको चासो बढेको देखिन्छ । अर्कोतिर वामगठबन्धनलाई नेपाली जनताले हेर्ने दृष्टिकोणमा पनि व्यापक परिवर्तन देखिएको छ । जसअुनसार सत्ता र पैसाको आडमा राजनैतिक गतिविधिलाई निरन्तरता दिईरहेको नेपालका कम्युनिष्ट पार्टीहरुलाई अन्तराष्ट्रिय जगतले हेर्ने दृष्टिकोण समेत नकारात्मक रहेकोले पनि जसरी वामगठबन्धनको एकता भएको थियो, त्यो अनुरुप वामगठन्धनको राजनैतिक यात्रा सफल नहुने संकेत देखापर्दै जानुले कांग्रेसलाई फाइदा पुग्ने देखिन्छ ।

कांग्रेससँग सरकारमा पनि बसिरहने अनि गठबन्धन एमालेसँग गर्ने सत्तास्वार्थमा लिप्त माओवादी केन्द्र यतिखेर वामगठबन्धनको सहारा लिँदा पनि पहिलेको भन्दा निकै सिट कम जित्ने आंकलन गरिँदै छ । उता एमाले स्थानीय निकायको निर्वाचनमा पहिलो भईरहँदा पनि माओवादीसँग साँठगाँठ गर्नुले एमालेप्रतिको विश्वास झन् झन् खस्कँदो छ । यस्तो अवस्थामा कांग्रेसलाई थप बल पुग्ने देखिन्छ ।

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै
संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७४ मंसिर १८, ०९: ०८

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०७४ मंसिर १८, ०९: ०८

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
  • २०७४ मंसिर १८, ०९: ०८

वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...