प्रकाश वस्ती–पूर्व न्यायाधिश तथा राष्ट्रिय मानवअधिकार आयोग सदस्य
मानवअधिकार उल्लघन गर्ने जो कोहीले पनि चाहे त्यो सरकार चलाउने होस्, न्यायपालिका चलाउने होस् अथवा मानवअधिकार आयोगनै चलाउने होस् । मुलुकमा संक्रमणकालमा छ, भैगो नि त यस्तै हो भनेर भन्न अब कसैले पाउँदैनन् । किनभने अब बन्ने सरकार स्थिर बन्छ होला । आशा गरौं निर्वाचनपछि जनताको मताधिकार लिएर एउटा स्थायी सरकार बन्दैछ । तर त्यो निश्चित अवधीको लागि हुनेछ । त्यसकारणले यो निर्वाचनलाई अझ विशेष रुपमा हामीले हेर्नुपर्ने हुन्छ र यो सफल बनाउने कर्तव्य हामी सबैको हो ।
आपूmले राजेको योग्य उम्मेदवारलाई मत हामी दिदँछौं । भोट माग्न सबै आउँछन्, त्यो संगसँगै प्रलोभन पनि आउँछन् नआउने होइन, धम्की पनि आउँछन् । डर र त्रास पनि आउँछन्, जातीय नारा पनि आउँछन्, क्षेत्रीय नारा पनि आउँछन्, ती आएपनि तपाईं हामी सबैको कर्तव्य भनेको सही र निष्पक्ष उम्मेदवारलाई आफ्नो अमूल्य मत दिएर जिताउने हो । एउटा मिडियामा आएको थियो मलाई बडो उत्साह लाग्यो सप्तरीको मतदाताले के भन्नुभएछ भने खान सबैको खाने जसले भोज खान बोलाउँछ गएर खाइदिने, जसले पैसा दिन्छ लिइदिने तर आप्mनो भोट चाहिँ योग्य व्यक्तिलाई दिने ।
म धेरै ठाउँ पुगेको छु घमण्ड गरेको चाँही होइन, तर म पचहत्तरै जिल्लामा पुगेको छु । सबभन्दा सचेत वर्ग कोही छ भने त्यो नेपाली जनता नै हो । जनताले नै यो देश टिकाइराखेको छ । यो देशको रक्षा गर्ने कोही छ भने ती नेपाली जनता नै हुन् । चाहे ती जुनसुकै क्षेत्रका हुन्, हिमालका हुन्, पहाडका हुन्, तराईका वा भित्री मधेशका हुन् । प्रत्येक बिहान चिया पसल जाउँ त हरेक चिया पसलमा राजनीति कै कुरा हुन्छ, रेष्टुरेन्टमा बेलुकातिर जाउँ राजनीति कै कुरा हुन्छ ।
अर्थात् को कस्तो, कुन दल कस्तो, कुन नेता कस्तो, कस्ले के भन्यो ती जनस्तरका जनतालाई कण्ठ छ । मैले यति मात्र के भन्न खोजेको हो भने यो चुनावलाई विशेष रुपमा हामीले हेर्नुपर्ने हुन्छ । हामीले २०५६ पछि सबैले शिशु प्रजातन्त्रको नारा लगाउँथे । तर २०६३ मा त्यसले अर्कै रुप लियो । गणतन्त्र आएपछि अर्काे रुप लिएको हो । त्यो अर्काे रुपको प्रजातन्त्र हामी भोगिरहेका छौं ।
अहिले त्यो लोकतन्त्रमा हामी बसिरहेका छौं । उपभोग गरिरहेका छौं जुन हामीलाई निश्चय पनि एउटा नयाँ दिशा देखाउने, नयाँ आयाम देखाउने एउटा मार्ग भएको छ । अब अर्काे कुरा पनि यहाँहरु समक्ष गरिहालौं । उम्मेदवारहरुको पनि केही लिमिटेसन हुन्छ । उठ्न जसले पनि पाउँछ उठ्न पाउने कुरा नी मैले अवरोध गर्न पनि भएन । कसैलाई पनि त उठ्न पाउँदैनस् भनेर भन्न पनि पाईंदैन । कानुन बमोजिम योग्यता पुग्छ भने उठ्न पाउँछ । त्यस्तै प्रचारप्रसार पनि गर्न पाइन्छ । यतिखेर म आचारसंहितासँग जोड्न खोजिरहेको छु । प्रचारप्रसारमा कुनै बाधा विरोध हुँदैन, गर्न पाइन्छ र आचारसंहिता त्यसैको लागि चाहिएको हो । आचारसंहिता बनाउने बेला निर्वाचन आयोगले तपाई हामी सबैलाई सोधेको थियो छलफल गरेको थियो र त्यसबाट आचारसंहिता जारी भयो त्यसको परिपालन गर्ने कर्तव्य पनि हाम्रै हो ।
यदि त्यो हामी परिपालन गर्दैनौं भने त्यसको केही अर्थ छैन । आज म सत्तामा छु भनेर हुँदैन हिजोका ती राजामहाराजा आज कहाँ छन् भन्ने कुराको हेक्का सबैलाई हुनुपर्छ । हिजो जसले अत्याचार गरे । शक्ति प्रयोग गरे । ती सत्तामा छन् । तर ति हिजोका थिए । आज ‘नेपथ्यमा छन् । हुनसक्छ प्रतिपक्षमा पनि छैनन् अझ प्रतिपक्ष भन्दा पनि सानो हैसियतमा छन् । यस्तो क्रम त नित्यकर्म चक्र हो, चलिरहन्छ । त्यसकारणले आज मैले कसैलाई केही गरे भने भोली उसले मलाई त्यही गर्न सक्छ ।
तसर्थ, मानवअधिकार भन्ने कुरा साझा सम्पति हो । मेरो मानवअधिकार छ भने मैले तपाईको मानवअधिकारलाई सम्मान गर्नुपर्छ । तर तपाईले मेरो पनि गर्नुपर्ने हुन्छ । जस्तै मैले के अनुरोध गर्न खोजेको भने यहाँ उठ्ने अधिकार सबैलाई छ । प्रचार गर्ने अधिकार छ । म भोट दिन्न भन्ने पनि अधिकार छ । म निर्वाचनमा भाग लिन्न भन्ने पनि अधिकार छ ।
अझ व्यक्तिगत रुपमा भन्नुहुन्छ भने म त ‘नो भोट’ भन्ने अधिकार हुन्छ भन्छु । जति उम्मेदवार छन्, जति दल छन्, मलाई चित्त बुझेन म कसैलाई पनि भोट दिन्न भन्ने अधिकार हुन्छ । मतपत्रमा कसैलाई पनि भोट दिन्न’ भनेर महल रहनु पर्छ भनेर सर्वोच्च अदालतले एउटा फैसला पनि गरेको थियो । त्यो निर्णय गर्ने दूई जना निर्णयकर्ता मध्ये एक जना म पनि हो । त्यसैले म के भन्छु भने हरेक जनताको मताधिकारको सुनिश्चितता गरिनुपर्छ भने इच्छा नलागेको खण्डमा ‘नो भोट’ को अधिकार पनि जनताले पाउनुपर्छ ।
निर्वाचनमा सर्वश्रेष्ठ र सर्वोत्तम भनेका जनता नै हुन् । उक्त कुरा सर्वोच्चका पूर्व न्यायाधीश एवम् राष्ट्रिय मानव अधिकार आयोगका मा.सदस्य प्रकाश वस्तीले नेपाल पत्रकार महासंघ काठमाडौंको संयोजनमा आयोजित आचारसंहिता र मानवअधिकार सम्बन्धी अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा व्यक्त गर्नुभएको विचार हामीले यहाँ प्रस्तुत गरेका हौं ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...
वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...