
नयाँ विकल्प,
काठमाडौं– पाकिस्तान क्रिकेट टिमका अलराउन्डर तथा पूर्वकप्तान मोहम्मद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।
हफिजले पाकिस्तानी टिमका लागि ५५ टेस्ट, दुई सय १८ एकदिवसीय र एक सय १९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले १८ वर्षअघि सन् २००३ अप्रिल ३ मा शारजाहमा जिम्बाब्वेसँग खेल्दै क्रिकेट करियरको सुरुवात गरेका थिए ।
पीसीबीका अध्यक्ष रमीज राजाले हफिजले क्रिकेटको विभिन्न फर्म्याटमा आफ्नो कौशल देखाएको र करियरको अन्त्यतिर टी–२० स्पेशलिस्ट पनि बनेको बताएका छन् ।
हफिजले आफ्नो लामो करियरमा तीन एकदिवसीय विश्व कप सन् २००७, २०११ र २०१९ खेले । उनी पाकिस्तानको ६ टी–२० विश्वक कप टिमको हिस्सा पनि रहे । उनले तीन च्याम्पियन्स ट्रफी पनि खेले ।
मोहम्मद हफिजले ३२ अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानी टिमको नेतृत्व पनि गरेका छन् ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...