
काठमाडौं । मंगलबार थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य संस्थाहरुमा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु छ । यो संगै नेपालमा मृत्यु हुनेको कुल संख्या ११ हजार ६०१ पुगेको छ । त्यस्तै मंगलबार थप २६३ जना संक्रमणमुक्त भएका छन् । मंगलबार संक्रमणमुक्त भएसंगै हालसम्म ८ लाख १२ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ जना रहेका छन् । संक्रिय संक्रमित मध्य ४ हजार ८३४ जना होम आइसोलेसनमा, २६० जना संस्थागत आइसोलेसनमा, ८८ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...