मंगलबार थप ३९३ जनामा कोरोना संक्रमण, मृत्यु कति ? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मंगलबार थप ३९३ जनामा कोरोना संक्रमण, मृत्यु कति ?

काठमाडौं । मंगलबार थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य संस्थाहरुमा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु छ । यो संगै नेपालमा मृत्यु हुनेको कुल संख्या ११ हजार ६०१ पुगेको छ । त्यस्तै मंगलबार थप २६३ जना संक्रमणमुक्त भएका छन् । मंगलबार संक्रमणमुक्त भएसंगै हालसम्म ८ लाख १२ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ जना रहेका छन् । संक्रिय संक्रमित मध्य ४ हजार ८३४ जना होम आइसोलेसनमा, २६० जना संस्थागत आइसोलेसनमा, ८८ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष २०, १५: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ पुष २०, १५: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ पुष २०, १५: ५०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...