हङकङ उपचार गर्न गएका मुख्यमन्त्री सुटुक्क अमेरिका – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

हङकङ उपचार गर्न गएका मुख्यमन्त्री सुटुक्क अमेरिका

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ । उपचारका लागि थाइल्याण्ड गएका राई त्यहाँबाट अमेरिका पुगेका छन् । अमेरिका जानेबारेमा राईले संघीय सरकारबाट स्वीकृति लिए÷नलिएको विषयमा स्पष्ट हुन नसकेका कारण उनी विवादमा परेका हुन् । पराराष्ट्र मन्त्रालय स्रोतले राईको विदेश भ्रमण विषयमा कुनै जानकारी नआएको जनाएको छ ।

प्रदेश १ को सरकारले भने मुख्यमन्त्री राईको भ्रमण विधिसम्मत भएको दाबी गरेको छ । प्रदेश १ का कार्यबाहक मुख्यमन्त्री तथा सरकारका प्रवक्ता हिक्मतबहादुर कार्कीले मुख्यमन्त्री राईको थाइल्यान्ड र अमेरिका भ्रमणबारे प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरी संघीय सरकारबाट स्वीकृतिसमेत लिएको दाबी गरे ।
मुख्यमन्त्रीको अमेरिका भ्रमण विषयमा समाचार लेखेका पत्रकार लोकमणि राईमाथि कुटपिट भएपछि भ्रमण झन विवादित भएको छ ।

संघीय सरकारको अनुमति नलिई मुख्यमन्त्री राई अमेरिका आएको बिषयमा जानकारी र सूचना मागेकै आधारमा पत्रकार राई माथि मुख्यमन्त्री राईका कार्यकर्ताले कुटपपिट गरेका थिए । व्यक्तिगत खर्चमा थाईल्याडमा राई उपचार गर्न गएको भनेर डंका पिटेपनि उनी अमेरिकाको लागि भ्रमणमा निस्किएपछि राज्य कोषको दुरुपयोग भएको धेरैले आशंका गरेका छन् । मुख्य मन्त्री राईले व्यक्तिगत खर्चमा आफू थाइल्याण्ड गएको बताए पनि अमेरिकाको भ्रमण वा उपचार के हो भन्ने बारेमा प्रष्ट पारिएको छैन् ।

अविवाहित मुख्यमन्त्री राई सूचना तथा संचार मन्त्री हुँदा उनको चारित्रिक बिषयलाई लिएर आरोपहरु लगाइएका थिए । एक महिलालाई गरिएको दुब्र्यवहारको बिषय तत्कालिन नेकपा एमाले नेतृत्वले सहमतिमा टुंग्याएको थियो । मुख्यमन्त्री राई संघीय सरकारको अुनमति लिएर गएको भए पनि उनी उपचार गर्न गएका हुन वा पर्यटक भएर घुमफिर गर्न गएका हुन भन्ने बिषयमा प्रदेश सरकारले समेत प्रष्ट पार्न सकेको छैन् । मुख्यमन्त्री राई व्यक्तिगत खर्चमा अमेरिका घुम्ने र उपचार गर्ने हैसियतमा नरहेको उनका समकालिन पार्टी नेताहरु बताउँछन् ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७५ कार्तिक २७, ०७: ३६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७५ कार्तिक २७, ०७: ३६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७५ कार्तिक २७, ०७: ३६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...