विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ । उपचारका लागि थाइल्याण्ड गएका राई त्यहाँबाट अमेरिका पुगेका छन् । अमेरिका जानेबारेमा राईले संघीय सरकारबाट स्वीकृति लिए÷नलिएको विषयमा स्पष्ट हुन नसकेका कारण उनी विवादमा परेका हुन् । पराराष्ट्र मन्त्रालय स्रोतले राईको विदेश भ्रमण विषयमा कुनै जानकारी नआएको जनाएको छ ।
प्रदेश १ को सरकारले भने मुख्यमन्त्री राईको भ्रमण विधिसम्मत भएको दाबी गरेको छ । प्रदेश १ का कार्यबाहक मुख्यमन्त्री तथा सरकारका प्रवक्ता हिक्मतबहादुर कार्कीले मुख्यमन्त्री राईको थाइल्यान्ड र अमेरिका भ्रमणबारे प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरी संघीय सरकारबाट स्वीकृतिसमेत लिएको दाबी गरे ।
मुख्यमन्त्रीको अमेरिका भ्रमण विषयमा समाचार लेखेका पत्रकार लोकमणि राईमाथि कुटपिट भएपछि भ्रमण झन विवादित भएको छ ।
संघीय सरकारको अनुमति नलिई मुख्यमन्त्री राई अमेरिका आएको बिषयमा जानकारी र सूचना मागेकै आधारमा पत्रकार राई माथि मुख्यमन्त्री राईका कार्यकर्ताले कुटपपिट गरेका थिए । व्यक्तिगत खर्चमा थाईल्याडमा राई उपचार गर्न गएको भनेर डंका पिटेपनि उनी अमेरिकाको लागि भ्रमणमा निस्किएपछि राज्य कोषको दुरुपयोग भएको धेरैले आशंका गरेका छन् । मुख्य मन्त्री राईले व्यक्तिगत खर्चमा आफू थाइल्याण्ड गएको बताए पनि अमेरिकाको भ्रमण वा उपचार के हो भन्ने बारेमा प्रष्ट पारिएको छैन् ।
अविवाहित मुख्यमन्त्री राई सूचना तथा संचार मन्त्री हुँदा उनको चारित्रिक बिषयलाई लिएर आरोपहरु लगाइएका थिए । एक महिलालाई गरिएको दुब्र्यवहारको बिषय तत्कालिन नेकपा एमाले नेतृत्वले सहमतिमा टुंग्याएको थियो । मुख्यमन्त्री राई संघीय सरकारको अुनमति लिएर गएको भए पनि उनी उपचार गर्न गएका हुन वा पर्यटक भएर घुमफिर गर्न गएका हुन भन्ने बिषयमा प्रदेश सरकारले समेत प्रष्ट पार्न सकेको छैन् । मुख्यमन्त्री राई व्यक्तिगत खर्चमा अमेरिका घुम्ने र उपचार गर्ने हैसियतमा नरहेको उनका समकालिन पार्टी नेताहरु बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...