लगभग ४० प्रतिशत नागरिकमा ओमिक्रोन संक्रमण हुन सक्ने अनुमान – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

लगभग ४० प्रतिशत नागरिकमा ओमिक्रोन संक्रमण हुन सक्ने अनुमान

काठमाडौं । छिमेकी राष्ट्र भारतमा दिनदिनै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितको संख्या बढेसंगै नेपालमा पनि यसको असर रहने बताइएको छ । नेपालमा कोरोनाभाइरसका संक्रमतिहरु तीव्र गतिमा बढेपनि ओमिक्रोन भन्दा डेल्टा भेरियन्टका संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् ।

त्यस्तै संक्रमितको संख्या दिनदिनै बढेपनि सरकारले कोरोना महामारीको तेस्रो लहरका रुपमा स्वीकार गरेको छैन् । कोरोनाको तीव्र फैलावटसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा ओमिक्रोनको फैलावटलाई हेर्दै नेपालमा पनि ओमिक्रोन भेरियन्ट तीव्रगतिमा फैलिने आंकलन गरेको छ ।

मन्त्रालयले प्रारम्भिकरुपमा नेपालमा ओमिक्रोन भेरियन्टबाट करिब ४० प्रतिशत जनसंख्या संक्रमित हुनसक्ने बताएको छ । यसैका आधारमा मन्त्रालयले स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राखेको बताइएको छ ।

भारतमा कोरोना बढेसंगै भारतमा रहेका नेपालीहरु पुनः नेपाल फर्किरहका छन् । आमिक्रोन भेरियन्ट पुष्टि भइरहेको भारतबाट फर्किने नेपालीहरुको संख्या वृद्धि भएकाले ओमिक्रोन संक्रमणको उच्च जोखिमा नेपाल रहेको डाक्टरहरुको भनाई रहको छ ।

नेपालमा ओमिक्रोनको अवस्था
नेपालमा हालसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतबाट नेपाल फर्किने नेपालीहरुको संख्यामा क्रमिक वृद्धि भएसंगै नेपाल ओमिक्रोनको उच्च जोखिममा परेको विशेषज्ञहरु बताउँछन् ।

यसै क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक तथा छातीरोग विषेशज्ञ डा. निरज बमले नेपाल सरकार र सम्पूर्ण नागरिकहरुले समय मै ओमिक्रोन भेरियन्टको रोकथाममा ध्यान नदिने हो भने चुनौतिपूर्ण अवस्था नकार्न नमिल्ने बताए ।

अस्पतालहरुमा विरामीको अवस्था

विगत केही सातादेखि नेपालमा पनि कोरोना संक्रमण वृद्धि हुदै गइरहेको छ । संक्रमितमध्येमा धेरै जसो डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । तरपनि भारतमा दिनदिनै ओमिक्रोन भेरियन्ट पुष्टि भइरहेकाले संक्रमण फैलने जोखिम उच्च रहेको मन्त्रालयले बताइरहेको छ ।

यता अस्पतालहरुमा पीसीआर परीक्षण गर्ने, उपचार गर्न आउने मानिसहरुको संख्या बढेपनि गम्भीर खालका बिरामीको चाप नरहेको बताइएको छ । भारतबाट नेपाल फर्किनेको संख्या वृद्धिभएसंगै नेपाल आमिक्रोनको उच्च जोखिममा रहेको छ । यसबाट हुने सम्भावित जोखिमलाई कम गर्न सरकारले सीमा नाकाहरुमा कोरोना संक्रमण पहिचान, उपचार र नियन्त्रणका लागि पुस महिनादेखि आगामी भदौ महिनासम्मका लागि ¥यापिट एक्सन प्लान लागू गरेको छ ।

सीमा नाकाहरुमा कडाइका साथ कोरोना परिक्षण र संक्रमितको उचित व्यवस्थापन गर्ने तथा अस्पतालहरुमा अक्सिजनको सहज उपलब्धतालगाएका योजना समाबेश गरिएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राले बताइन् ।

सम्बन्धित समाचार

करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
  • २०७८ पुष २८, १४: ५२

काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा...

अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
  • २०७८ पुष २८, १४: ५२

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको...

उपराष्ट्रपति यादव अस्पताल भर्ना
उपराष्ट्रपति यादव अस्पताल भर्ना
  • २०७८ पुष २८, १४: ५२

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर...