काठमाडौं । पत्रकार जगत नेपालद्वारा लिखित वी.पीको विद्रोह नामक पुस्तक भव्य समारोहकाबीच लोकार्पण भएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवद्वारा लोकार्पण गरिएको उक्त पुस्तक विमोचनमा अधिकांश बौद्धिक व्यक्तित्वहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि डा. रामवरण यादवले पुस्तक काँग्रेसजनहरुले अनिवार्य रुपमा पढ्नुपर्ने बताउनुभएको छ ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले समारोहलाई सम्बोधन गर्दै काँग्रेसको स्थिति बिग्रेकोमा चिन्ता व्यक्त गर्नुभयो । कांग्रेस नेताहरुलाई वीपीको नीति अनुसार चल्न र सुध्रन आग्रह समेत गर्नुभयो । वर्तमान राष्ट्रपतिले राष्ट्रपतिको मर्यादा बिर्सेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रमा विशिष्ट अतिथी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वी.पीमा युगको चेतना भएको हुँदा वी.पीलाई एउटा दल नेता र व्यक्तिको रुपमा नहेर्न समेत आग्रह गरे ।
अग्रगमन र लोकतन्त्रका अनुयायी वी.पीले गर्न बाँकी रहेका काम गिरिजा प्रसाद कोइरालाले गर्नुभएको समेत स्मरण गराए । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, राजनैतिक विश्लेषक हरिशर्मा, समालोचक डा. ज्ञानु पाण्डे, बाह्रखरीका प्रधान सम्पादक प्रतिक प्रधानले पुस्तकका बारेमा प्रकाश पारेका थिए ।
लेखक तथा पत्रकार जगत नेपालले आफूले विभिन्न व्यक्तिहरुबाट उक्त पुस्तक प्रकाशन गर्न सहयोग पाएकोमा खुशी व्यक्त गर्दै यो तेस्रो कृति प्रकाशनमा लेराईदिने बाह्रखरी मिडियालाई धन्यवाद व्यक्त गरे ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...