वी.पी.को विद्रोह नामक पुस्तक लोकार्पण – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

वी.पी.को विद्रोह नामक पुस्तक लोकार्पण

काठमाडौं । पत्रकार जगत नेपालद्वारा लिखित वी.पीको विद्रोह नामक पुस्तक भव्य समारोहकाबीच लोकार्पण भएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवद्वारा लोकार्पण गरिएको उक्त पुस्तक विमोचनमा अधिकांश बौद्धिक व्यक्तित्वहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि डा. रामवरण यादवले पुस्तक काँग्रेसजनहरुले अनिवार्य रुपमा पढ्नुपर्ने बताउनुभएको छ ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवले समारोहलाई सम्बोधन गर्दै काँग्रेसको स्थिति बिग्रेकोमा चिन्ता व्यक्त गर्नुभयो । कांग्रेस नेताहरुलाई वीपीको नीति अनुसार चल्न र सुध्रन आग्रह समेत गर्नुभयो । वर्तमान राष्ट्रपतिले राष्ट्रपतिको मर्यादा बिर्सेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रमा विशिष्ट अतिथी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वी.पीमा युगको चेतना भएको हुँदा वी.पीलाई एउटा दल नेता र व्यक्तिको रुपमा नहेर्न समेत आग्रह गरे ।

अग्रगमन र लोकतन्त्रका अनुयायी वी.पीले गर्न बाँकी रहेका काम गिरिजा प्रसाद कोइरालाले गर्नुभएको समेत स्मरण गराए । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, राजनैतिक विश्लेषक हरिशर्मा, समालोचक डा. ज्ञानु पाण्डे, बाह्रखरीका प्रधान सम्पादक प्रतिक प्रधानले पुस्तकका बारेमा प्रकाश पारेका थिए ।

लेखक तथा पत्रकार जगत नेपालले आफूले विभिन्न व्यक्तिहरुबाट उक्त पुस्तक प्रकाशन गर्न सहयोग पाएकोमा खुशी व्यक्त गर्दै यो तेस्रो कृति प्रकाशनमा लेराईदिने बाह्रखरी मिडियालाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ मंसिर १०, ०७: ५९

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७५ मंसिर १०, ०७: ५९

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ मंसिर १०, ०७: ५९

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...