साम्पोडियामाथि युभेन्ट्सको ४–१ काे जित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

साम्पोडियामाथि युभेन्ट्सको ४–१ काे जित

एजेन्सी । मंगलबार राति टुरिनस्थित घरेलु मैदान एलिएन्ज मैदानमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ४–१ अन्तरले पराजित गर्दै सिरी ए क्लब युभेन्ट्सले कोपा इटालीया कपमा सहज जित पाएको छ । जितसंगै युभेन्ट्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

त्यस्तै घरेलु मैदानमा युभेन्ट्सको जितमा जुआन कुआड्राडो, डानियल रुगानी, पाउलो डिबला र अल्भारो मोरटाले १–१ गोल गरेका थिए भने भ्रमणकारी टोलीका लागि आन्द्रेआ कोन्टीले सान्त्वना गोल गरेका थिए ।

खेलको २५औं मिनेटमा युभेन्ट्सका जुआनले क्लब युभेन्ट्सलाई सुरुआती अग्रता दिलाए भने ५२औं मिनेटमा रुगानीले गोल गर्दै २–० को अग्रता बनाए । त्यस्तै साम्पोडियाका कोन्टीले गोल गर्दै २–१ मा झारे ।

प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सका स्टार खेलाडी डिबलाले खेलको ६७औं मिनेटमा गोल गर्दै सहज क्लबलाई जिततर्फ डोर्‍याए ।

त्यस्तै युभेन्ट्सले पाएको पेनाल्टीलाई मोरटाले सदुपयोग गर्दै खेलको ७७ मिनेटमा गरेको चौथो गोलले क्लबलाई सहज जित मिलेको थियो ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ माघ ५, ०८: ४४

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ माघ ५, ०८: ४४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ माघ ५, ०८: ४४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...