
एजेन्सी । बोलाण्ड पार्कमा भएको पहिलो एकदिवसीय क्रिकेट खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले पराजित गरेको छ । २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटिएको थियो ।
भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए भने शार्दुल ठाकुर ५० रनमा अविजित रहेका थिए । यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे भने दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए ।
यस्तै एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिएका थिए । यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो ।रास्सी भान डर डुसेनले सर्वाधिक १२९ रन बनाए भने कप्तान टेम्बा बभुमाले ११० रनको योगदान गरेका थिए ।
भारतका जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । जितसँगै तीन एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...