काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्यो – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्यो

काठमाडौ । पछिल्लो समय ओमिक्रोन लगाएतका भेरियन्टको तीव्र रुपमा बढेको देखिएको छ । सरकारले उपत्यकालाई विशेष निगरानी गरेर जोडबिजोर प्रणाली लागु गर्दा पनि सरकारी कार्यालय, बैंक जस्ता संघ/संस्थाहरुका कार्यालयमा कार्यरत कर्मचारीहरु प्रायजसो सबै संत्रमित हुन थालेका छन् भने कतिपय कार्यालयहरुमा संक्रमित भएरपनि काम गर्न बाध्य रहेका छन् ।

यस्तै, मुक्तिनाथ बैंकको कालीमाटी शाखाका सबै कर्मचारीहरु कोरोना संक्रमित भएका कारण केही दिनदेखि शाखा नै बन्द भएको छ । त्यसैगरी आन्तरिक राजस्व विभाग अन्तर्गत करदाता सेवा कार्यालय पुतलीसडक, टंगाल कार्यालय, कलंकी कार्यालयहरुमा प्रायजसो सबै कर्मचारीहरू कोरोना पोजेटिभ छन् ।

त्यस्तै, करदाता सेवा कार्यालय पुतलीसडकका अधिकृत लगाएत प्राविधिकहरुसमेत कोरोना संक्रमित भएकाले कार्यालयमा आउने सेवाग्राहीहरुमा समेत जोखिम बढेको छ । कार्यालयका कर्मचारीहरूमा कोरोना पोजेटिभ देखिदा देखिदै पनि काम गर्न बाध्य भएको एक अधिकृतले बताए ।

त्यस्तै सेवाग्राहीको अत्याधिक चाप रहने उक्त कार्यालयहरुमा कार्य सम्पन्न नहुँदा व्यापार व्यवसायको कर सम्बन्धि कार्य नै अवरोध हुने हुदाँ संक्रमित कर्मचारीहरूले पालैपालो सेवा प्रदान गरिरहेको एक अधिकृतले बताए ।

काठमाडौं उपत्यकामा मंगलबार मात्रै ६ हजार १७२ जना कोरोना संक्रमित भएका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौंमा ४ हजार ८७५ जना, भक्तपुरमा ५१५ जना र ललितपुरमा ७८२ जनामा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कूल १८ हजार १०३ जनाको पीसीआर परीक्षणका क्रममा ९ हजार ४३२ जना र ७ हजार ८०६ जनाको परीक्षणका क्रममा २ हजार ५७६ जनामा संक्रमण पुष्टि भएको थियो ।

सोही अवधिमा थप ८ जनाको मृत्यु भएको छ भने ३ हजार ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

त्यस्तै नेपालमा विगत ११ दिनकाेबीचमा १ लाख बढी काेराेना संक्रमित भएकाे मन्त्रालयले जनाएकाे छ ।

सम्बन्धित समाचार

करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
  • २०७८ माघ ११, १७: ३८

काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा...

अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
  • २०७८ माघ ११, १७: ३८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको...

उपराष्ट्रपति यादव अस्पताल भर्ना
उपराष्ट्रपति यादव अस्पताल भर्ना
  • २०७८ माघ ११, १७: ३८

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर...