“झापामा सिटौलाले लिङ्देनलाई पछार्दै” – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

“झापामा सिटौलाले लिङ्देनलाई पछार्दै”

नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको पक्षमा झापामा जनलहर छाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सिटौलाको क्षेत्रमा गएर राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनको पक्षमा भोट मागे पनि सिटौलाको बिरुद्ध एक शब्द बोल्न सकेनन् । बरु राजसंस्था र राजतन्त्रलाई राजनीतिक एजेण्डा बोकेर कुनै दल हिंड्नु भनेको महादेवले शतिदेवीको लाश बनाएर हिँड्नु जस्तै हो भन्न भ्याए ।
झापा क्षेत्र नं. ३ मा तीनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका सिटौलाले यो निर्वाचन राजतन्त्र चाहने र गणतन्त्र चाहने जनताबीचको जनमत संग्रह भएको बताए । झापामा कृष्णप्रसाद सिटौलाले क्षेत्र नम्वर तीनमा त्यहाँको इतिहासमै सबैभन्दा बढी बजेट र विकास निर्माणका काम गरेपछि अहिले विपक्षी अत्तालिएका छन् । उनले राष्ट्रिय राजनीति र स्थानीय क्षेत्रको बिकासमा खेलेको भूमिका र योगदानको बिषयलाई लिएर टिप्पणी गर्ने ठाउँ नपाए पछि वामगठबन्धन यतिबेला आलोचनामा उत्रिएका छन् ।
सिटौलाले आफू संविधानसभामा बिजयी भएपछि संविधान निर्माणका लागि संविधान मस्यौदा समितिको सभापति भएर सबै दलका नेतालाई मिलाइ समन्वकारी भूमिका निर्वाह गर्दै संविधान निर्माणमा खेलेको भूमिकाको सर्बत्र प्रशंसा गरिएको थियो । स्वयं केपी ओली प्रधानमन्त्री हुने बाटो सिटौलाले खोलिदिएका थिए । मधेशवादी दलसँग कांग्रेसको अन्तरंग र घनिष्ठ सम्बन्ध भएको अवस्थामा ति दलले संविधान सभा बहिस्कार गरेको, रामबरण यादबले हतारमा संविधान जारी नगरौं भनेको अवस्थामा समेत अनेकौं चुनौतिको वास्ता नगरी संविधानको मस्यौदा संविधान सभामा पेश गरेपछि नैं चार दलको अलिखित भद्र सहमति बमोजिम कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए ।

कोइरालाको राजिनामा पछिनैं ओलीलाई प्रधानमन्त्री हुने बाटो मिलेको थियो । आज सिटौलाले संविधान जारी गर्ने भूमिका निर्वाह नगरेको भए ओली आफ्नै पार्टीका नेता माधवकुमार नेपालसँग पौंठे जोरी खेलेर बस्नु पर्ने हुन्थ्यो । झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले पहिलो पटक आफ्नो कार्यकाल पूरा गरेका छन् । उनको कार्यकालमा झापा क्षेत्र नं. ३ मा तीन अरब भन्दा बढीका विकास आयोजनाहरु आएका छन् । चारआली–केचना सडक (४० कि.मी.), हुलाकी सडक (भद्रपुर—राजगढ ) २० कि.मी, गिरिजाप्रसाद कोइराला स्मृति सभागृह, भद्रपुर, हात्ती आतंकलाई नियन्त्रण गर्नका लागि वन तथा भुसंरक्षण मन्त्रालयवाट निर्णय गराई कचनकवल, बाह्रदशी, भद्रपुर लगायत हात्ती पीडित क्षेत्रमा विशेष कार्यक्रम संचालनका लागि रु ८ करोड बजेट स्वीकृत गराई रु. २ करोड निकासा भई कार्य प्रारम्भ भएको । मेची अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना गर्नका निम्ति प्रकृया अगाडि बढी ३३ करोड यसै आ.व.को बजेटमा समावेश भएको । जिल्ला सदरमुकाम बचाउ कार्यक्रम अन्तर्गत भद्रपुरमा मेची, देवनिया र हडिया तटबन्धन । भद्रपुर नगरपालिका एकीकृत विकास परियोजना (बहुवर्षिय कार्यक्रम) (वार्षिक ५० करोड वजेट विनियोजन) ३ वर्ष लगायतका विकास परियोजना पनि सिटौलाले नै झापामा भित्र्याएका हुन् ।
झापा विशेष सम्वाददाताबाट

सम्बन्धित समाचार

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७४ मंसिर १८, ०९: २७

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
  • २०७४ मंसिर १८, ०९: २७

काठमाडौं : नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई...

सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
  • २०७४ मंसिर १८, ०९: २७

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...