
काठमाडौं । उपत्यकामा एकै दिन २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा २ हजार १ सय ५३, ललितपुरमा ५ सय १९ तथा भक्तपुरमा २ सय ६८ जनामा कोरोना संक्रमण भएको हो स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा मात्रै ३८ हजार २२ जना रहेका छन् । ललितपुरमा १० हजार ३१९ तथा भक्तपुरमा ५ हजार ६९४ जना सक्रिय संक्रमित छन् । देशभरी ८९ हजार ९४१ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १३ हजार ७९१ पीसीआर र एन्टिजेन विधिबाट ६ हजार ७८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८२७ जनामा संक्रमण देखिएको हो ।
कुल संक्रमितको संख्या १० लाख ६८ हजार ९३२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ४२ हजार ४३६ जना पुगेको छ ।
२४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६९७ जना पुगेको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...