पुष्पलाल ब्याडमिन्टन प्रतियोगिता फागुन पहिलो साता हुने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पुष्पलाल ब्याडमिन्टन प्रतियोगिता फागुन पहिलो साता हुने

नयाँ विकल्प,

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ सालदेखि नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आइरहेको पुष्पलाल स्मृति र्‍याङ्गकिंङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औँ संस्करण आगामी ३ देखि ७ फागुनसम्म आयोजना हुने भएको छ । ललितपुरमा आयोजना हुने यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिँदै संयुक्त आयोजकको रुपमा आफुलाई उभ्याएको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघमा आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुलिस र एपीएफ क्लब गरी ५० संस्थाका खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरीयतामा १६औँ स्थानमा रहेका), पुरुष एकल (१६औँ वरीयतादेखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरीयतामा १२औँ स्थानमा रहेका), महिला एकल (१२औँ वरीयतादेखि बाहेकका), महिला युगल (खुला), यु (१७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्षमाथि र मास्टर्स ५५ बर्षमाथि (खुला) गरी १० बिधामा प्रतिस्पर्धा हुनेछ

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ माघ १८, २२: ०९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ माघ १८, २२: ०९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ माघ १८, २२: ०९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...