ए डिभिजन लिगः च्यासल युथमाथि पुलिसकाे २–१ जित – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

ए डिभिजन लिगः च्यासल युथमाथि पुलिसकाे २–१ जित

काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।

पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे । च्यासलका मौसा अबागानाले एक गोल फर्काए । खेलको ३७ औं मिनेटमा मिडफिल्डर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५२ औं मिनेटमा मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरीमा ल्याएका थिए, त्यसपछि खेलको ७० औं मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए ।

यस जितसँगै पुलिसले ९ खेलमा १० अंक जोडेको छ । पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ । च्यासल ९ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
  • २०७८ माघ २६, १६: १९

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ २६, १६: १९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७८ माघ २६, १६: १९

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...