
काठमाडौं । दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । बुधबारको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो । खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको थियो ।
मछिन्द्र फुटबल क्लबले अब १२औँ चरणको खेलमा थ्रीस्टार क्लब र अन्तिम खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग खेल्न बाँकी छ । अङ्क तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले ११ खेलमा २९ अङ्क जोडेको छ भने बाकीँ दुवै खेलमा हारेपनि दोस्रो स्थानको टिमले मछिन्द्रलाई भेट्ने छैनन् ।

यता, दोस्रो स्थानमा रहेको मनाङ मस्याङ्दी क्लबले खेलेको १० खेलमा २० अङ्क बनाएको छ । मछिन्द्र क्लब मनाङ मस्याङ्दी क्लब भन्दा ९ अङ्कले अगाडी रहेको छ । त्यस्तै मछिन्द्रले ११ खेलमा ९ जीत र २ बराबरीको नतिजा निकालेको छ ।
यसअघि मछिन्द्रले २०७६ सालमा भएको ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो ।

त्यतिबेला मछिन्द्रले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हासिल गरेको थियो । सातदोबाटो अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।
भिडियाे…
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...