
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले माघ २ गतेबाट २०७६ पुस २९ गतेसम्म मुद्दति निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैंकका अनुसार १ वर्ष मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी उक्त रकम लगानी गर्न लागिएको हो ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब १८ करोड ६८ लाख ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ७ करोड ४२ लाख रुपैयाँ लगानी गर्न लागिएको हो । निक्षेप लिन चाहने बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकको शर्त पूरा गरी आगामी आइतबार दिनको ३ बजेभित्र प्रस्ताव गरेको ब्याजदर खुलाई शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम पेश गर्नुपर्ने छ ।
राष्ट्र बैंकले तोकेको शर्तमा संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजीकोष पूरा भएको र निष्कृय कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम भएको हुनुपर्नेछ । यस्तै, खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तिमा २०५ वा सो भन्दा बढी हुनुपर्ने, कारबाहीमा परेको भए फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने लगायतका शर्त रहेका छन् ।
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...