विराटनगर । घुस र कमिसन नखाने र मन्त्री तथा सचिवलाई पनि नखुवाउने आप्mनो व्यवहारको कारण बारम्बार सरुवा हुनु परेको भन्दै सामाजिक सञ्जालमा छाएका उपसचिव प्रेमप्रसाद सञ्जेलले श्रम सचिवलाई कारबाहीको लागि उजुरी गरेका छन् ।
उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पत्र लेखेर आफ्नो सरुवा बदर गर्न र निजामती सेवा ऐन विपरित सरुवा गर्ने श्रम सचिवलाई कारबाही गर्न माग गरेका छन् । दुई पाना लामो हस्तलिखित निवेदन सञ्जेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पनि बोधार्थ दिइएका छन् ।
जिल्ला निर्वाचन कार्यालय मोरङबाट श्रम कार्यालय विराटनगरमा सरुवा भएको दुई महिना बित्न नपाउँदै व्यवसायिक सिप विकास तालिम प्रतिष्ठान इटहरी सरुवा गरिएपछि उपसचिव सञ्जेलले पत्रकार सम्मेलन गर्दै भ्रष्ट कर्मचारीको चंगुलमा मन्त्री मन्त्रि पण्डित र सचिव परेको दाबी गरेका थिए ।
उनले गरेको पत्रकार सम्मेलनको दृष्य सामाजिक सञ्जाल फेसवुक र ट्वीटरमा भाइरल भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरीय निर्णयबाट पुस ५ गते सञ्जेलको सरुवा गरेको थियो ।
निवेदनमा निजामती सेवा ऐन २०४९ विपरित आफ्नो सरुवा भएको भन्दै सञ्जेलले यथास्थानमा काम गर्न पाउनुपर्ने माग गरेका छन् । ६ वटा कारणले आफ्नो सरुवा कानुन सम्बत नभएकाले बदर गर्नुपर्ने उनको तर्क छ । सञ्जेलले हुलाक मार्फतपत्र पठाएको जानकारी दिँदै सरकारले सरुवा बदर नगरे अदालत जाने चेतावनी पनि दिएका छन् । श्रम कार्यालयमा आएपछि सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन गर्नुर्का साथै भ्रष्टाचार विरोधी गतिविधी गरेकै कारण आफ्नो सरुवा भएको सञ्जेलको दाबी छ ।
काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक...
काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...
काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...