
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग एक दिवसीय सिरिज खेल्न सन्दीप लामिछानेको कप्तानीमा टोलीको घोषणा गरेको छ ।
यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि नेपालले बिहीबार लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो ।
खेल प्रशिक्षक पुबुदु दसानायकेको बन्दप्रशिक्षणमा रहेका २० खेलाडीबाट नेपाल क्रिकेट संघ (क्यान)को छनोट समितिले अन्तिम टोलीको नाम सार्वजनिक गरेको क्यानले जनाएको छ ।
टोलीमा सन्दीप लामिछानेसंगै बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारी रहेको छन् । क्यानका अनुसार लामिछानेको कप्तानीमा माथि उल्लेखित खेलाडीहरुको पुनरागमन भएको हो ।
एक दिवसीय खेल खेल्न जानुअघि नेपाली टोली श्रीलंकामा स्थानीय टोलीसँग चार वटा अभ्यास खेल खेल्ने बताइएको छ ।
विश्वकप लिग–२ नेपाली टोलीले मार्च १६ देखि २२ सम्म यूएई र पीएनजीसँग खेल्नेछ ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...