
काठमाडौं । सिन्धुपाल्चोक बलेफी गाउँपालिकामा नेकपा (एमाले)बाट निर्वाचित अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस पार्टी कार्यालय सानेपामा मंगलबार प्रधानमन्त्री एवम् काग्रेस सभापति शेर बहादुर देउवा लगाएतका नेताहरुले क्षेत्रीलाई कांग्रेस प्रवेश गराएका हुन् ।
नेकपा परित्याग गरी काँग्रेसको राजनीतिमा प्रवेश गरेका क्षेत्रीलाई सभापति देउवाले पार्टी सदस्यता प्रदान गरेका थिए । नेपाली काँग्रेस नेपाली जनजनको पार्टी भएको र विगत लामो समयदेखि नेपालको राजनीतिमा रहेको बताउँदै देउवाले देशको विकासमा काँग्रेसको राजनीतिमा आउन चाहानेहरुका लागि ढोका खुल्ला रहेको र काँग्रेस स्वागत गर्न आतुर रहेको बताए ।

पार्टी प्रवेशपछि क्षेत्रीले एमाले सिन्धुपाल्चोकमा जुरेको भन्दा ठूलो पहिरो गएको र यो कांग्रेसले मात्रै सम्हाल्न सक्ने बताउँदै आफु संस्कारयुक्त राजनीतिका लागि काँग्रेस पार्टीमा प्रवेश गरेको जानकारी दिए ।
क्षेत्रीसंगै सिन्धुपाल्चोकका एमाले नेता र कार्यकर्ताहरु एमालेको राजनीति छाडेर कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।
काठमाडौं : पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम...
काठमाडौं : बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्यांकीभित्र काम गर्ने क्रममा निसास्सिएर ३ जना मजदुरको ज्यान गएको छ । जिल्ला...