
नयाँ विकल्प,
काठमाडौं- अखिल नेपाल फुटबल संघ ‘एन्फा’ कार्यसमितिको बैठक चैत २ गते बुधबार बस्ने भएको छ । बुधबार दिउँसो ४ बजे एन्फा कम्प्लेक्समा बस्ने बैठकमा विशेष गरी एन्फाको निर्वाचन र विशेष साधारण सभा सम्बन्धी तीन एजेन्डामा छलफल हुने बताइएको छ ।
तर, घरेलु फुटबलमा अलिहे चर्किएको सहिद स्मारक ए डिभिजन लिगका क्लब र नेपाल सुपर लिग ‘एनएसएल’ बीचको विषयले भने स्थान पाएको छैन ।
एनएसएलको दोस्रो संस्करणको तीव्र तयारी हुँदै गर्दा केही क्लबहरूले खेलाडीको विषयलाई लिएर यसको विरोध गरिरहेका छन् । यसै सम्बन्धमा २० गते भएको अक्सन रोक्न एन्फाले निर्देशन दिएको थियो । यद्यपि, कार्यसमितिकै सदस्यले संस्थागत निर्णय नभएको बताएका थिए ।
एन्फाको निर्देशनका बाबजुद अक्सन भएको थियो । त्यस बेला ए डिभिजन लिगका ८ क्लबले असन्तुष्टि जनाएका थिए । यसअघि सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, थ्री स्टार क्लब, न्युरोड टिम (एनआरटी), मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लबले पटक पटक संयुक्त विज्ञप्ति निकालेका थिए । तर, आज आयोजित पत्रकार सम्मेलनमा चार क्लब– मनाङ, थ्री स्टार, संकटा र एनआरटी मात्रै उपस्थित रहेको थियो । ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...