कोइरालाको १२औं स्मृति दिवसका अवसरमा ताईकान्डो च्याम्पियनसीप २०२२ आयोजना – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

कोइरालाको १२औं स्मृति दिवसका अवसरमा ताईकान्डो च्याम्पियनसीप २०२२ आयोजना

काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष एवम् शान्ति प्रक्रियाका नायक लोकतान्त्रिक आन्दोलनका कमाण्डर नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मनाइएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनका कमाण्डर स्व. गिरिजाप्रसाद कोइरालाको अथक प्रयासपछि १२ वर्षे जनयुद्धको १२ बुद्दे सम्झौतापछि विस्तृत शान्ति सम्झौता गर्दै हत्याहिंसाको राजनीतिमा लागेको तत्कालीन नेकपा माओवादीले हतियार विसाएको थियो । स्व. कोइरालाको नेतृत्वमा सफल भएको दोस्रो जनआन्दोलनको उपलब्धिबाटै दोस्रो संविधान सभाबाट तत्कालीन प्रधानमन्त्री, सादगी नेता शुसिल कोइरालाको नेतृत्वले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउन सफल भएको थियो । कोइरालाको देवसान भएको १२औं स्मृति दिवसको अवसरमा पार्टीका नेता तथा कार्यकर्ताहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरि मनाइरहेका छन् ।

स्मृति दिवसको अवसरमा जीवि फाउन्डेशन बागमती प्रदेशको आयोजनामा दशरथ रंगशालाको कभडहलमा ताईकान्डो च्याम्पियनसीप २०२२ आयोजना गरिएको थियो । उक्त च्याम्पियनसीपका प्रमुख अतिथि स्व. गिरिजाप्रसाद कोइरालाकी सुपुत्री पूर्वउपप्रधानमन्त्री एवम् काँगे्रस वरिष्ठ नेतृ सुजाता कोइरालाले नेपाली खेलकुदको विकासमा स्व. कोइरालाले खेलेको भूमिका र योगदानको बारेमा चर्चा गर्दै शसस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामार्फत नेपालको खुल्ला राजनीति ल्याएको स्मरण गरिन् ।

जीवि फाउन्डेशन बागमती प्रदेश अध्यक्ष एवम् ताईकान्डो खेलाडी तुल्सी थापाको अध्यक्षमा आयोजित उक्त च्याम्पियनसीपमा विशिष्ठ अतिथि काँग्रेस पूर्व केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, बागमती प्रदेशका राज्यमन्त्री कल्पना नेपाली, बागमती प्रदेश सांसद जिवन ढंगोल, काँग्रेस नेतृ एवम् काठमाडौं क्षेत्र नं. ९ महाधिवेशन प्रतिनिधि रिता ढकाल, नेपाल नेटबल संघको महासचिव दिपक लामा, खेलकुद परिषद्का पदाधिकारीहरु एवम् खेलकुद सम्बन्धि विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ चैत्र ६, १८: २२

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ चैत्र ६, १८: २२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०७८ चैत्र ६, १८: २२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...