काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धनुषाको सबैला नगरपालिका ४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति हुनुमा आफ्नो लापरबाही नरहेको दावी गरेको छ । प्राधिकरणका सखुवा महेन्द्रनगर शाखा प्रमुख राजकुमार रमनले बसको छतमा राखिएको टिनको ट्यांकाले त्यहाँ रहेको ११ सय केभी प्रसारण लाइनको नांगो तारमा छुँदा करेन्ट प्रवाह भएको दाबी गरेका छन् ।
विद्युतको प्रसारण लाइनका तार तल झरेको कारण दुर्घटना भए पनि उनले त्यसलाई इन्कार गरेका छन् । करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजका गाडी त्यहाँबाट गए पनि करेण्ट नलागेको तर जन्ती बोकेको बसको छतमा ट्यांका राखिएको र त्यसले नाँगो तारमा छुंदा दुर्घटना भएको प्राधिकरणले दाबी गरेको छ ।
दुर्घटनामा परी त्यहाँ ६ जनाको निधन भएको थियो । सो घटनाप्रति राजपा नेपालका अध्यक्ष महेन्द्र राय यादवले समेत दुख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई क्षतिपूर्ती र घाईतको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेस ले विशेष महाधिवेशनमार्फत संशोधन गरेको विधानमा केन्द्रीय विभागसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । संशोधित व्यवस्थाअनुसार अब...
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।...
काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...