विद्युत प्राधिकरणले भन्यो हाम्रो कमजोरीले दुर्घटना होइन – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

विद्युत प्राधिकरणले भन्यो हाम्रो कमजोरीले दुर्घटना होइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धनुषाको सबैला नगरपालिका ४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति हुनुमा आफ्नो लापरबाही नरहेको दावी गरेको छ । प्राधिकरणका सखुवा महेन्द्रनगर शाखा प्रमुख राजकुमार रमनले बसको छतमा राखिएको टिनको ट्यांकाले त्यहाँ रहेको ११ सय केभी प्रसारण लाइनको नांगो तारमा छुँदा करेन्ट प्रवाह भएको दाबी गरेका छन् ।

विद्युतको प्रसारण लाइनका तार तल झरेको कारण दुर्घटना भए पनि उनले त्यसलाई इन्कार गरेका छन् । करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजका गाडी त्यहाँबाट गए पनि करेण्ट नलागेको तर जन्ती बोकेको बसको छतमा ट्यांका राखिएको र त्यसले नाँगो तारमा छुंदा दुर्घटना भएको प्राधिकरणले दाबी गरेको छ ।

दुर्घटनामा परी त्यहाँ ६ जनाको निधन भएको थियो । सो घटनाप्रति राजपा नेपालका अध्यक्ष महेन्द्र राय यादवले समेत दुख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई क्षतिपूर्ती र घाईतको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन्  ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ माघ १४, १०: ०४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७५ माघ १४, १०: ०४

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७५ माघ १४, १०: ०४

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...