अपाङ्गतासम्बन्धी कार्यविधि परिमार्जनको तयारी गरिएको मन्त्री रेग्मीको भनाइ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अपाङ्गतासम्बन्धी कार्यविधि परिमार्जनको तयारी गरिएको मन्त्री रेग्मीको भनाइ


नयाँ विकल्प,

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गतासम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाल अपाङ्ग पुनःस्थापना केन्द्रले बुधबार काठमाडौं आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितका लागि रोकिएर बसेका अपाङ्गतासम्बन्धी कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्नका लागि पहल भइरहेको बताइन् ।

अपाङ्गता भएका व्यक्तिमध्ये अहिले रातो कार्ड भएकाले मात्रै भत्ता पाउने व्यवस्था भएकाले त्यसलाई परिमार्जन गरेर नीलो वा अरू कार्ड भएकालाई पनि भत्ता दिलाउने प्रयासमा आफू लागिरहेको जानकारी गराइन् । अपाङ्गता भएका समुदायको हकहितका लागि आफू सधैँ अग्रपङ्क्तिमा रहेको बताउँदै मन्त्री रेग्मीले आगामी बजेटमा अपाङ्गता क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने प्रतिबद्धता जनाइन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ चैत्र २३, २१: ५३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७८ चैत्र २३, २१: ५३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ चैत्र २३, २१: ५३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...