
नयाँ विकल्प,
काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गतासम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाल अपाङ्ग पुनःस्थापना केन्द्रले बुधबार काठमाडौं आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितका लागि रोकिएर बसेका अपाङ्गतासम्बन्धी कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्नका लागि पहल भइरहेको बताइन् ।
अपाङ्गता भएका व्यक्तिमध्ये अहिले रातो कार्ड भएकाले मात्रै भत्ता पाउने व्यवस्था भएकाले त्यसलाई परिमार्जन गरेर नीलो वा अरू कार्ड भएकालाई पनि भत्ता दिलाउने प्रयासमा आफू लागिरहेको जानकारी गराइन् । अपाङ्गता भएका समुदायको हकहितका लागि आफू सधैँ अग्रपङ्क्तिमा रहेको बताउँदै मन्त्री रेग्मीले आगामी बजेटमा अपाङ्गता क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने प्रतिबद्धता जनाइन् ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...