काठमाडौं । दोस्रो चरण प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार सोमबारदेखि सकिएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएकाले दिउँसो र साँझसम्मै दलका उम्मेदवार प्रचारप्रसारमा व्यस्त रहेका थिए ।
प्रचारको अन्तिम समयलाई सक्दो सदुपयोग गरी मतदाता रिझाउन नेताहरूको निकै दौडधुप देखिन्थ्यो । मंसिर २१ गते १५ हजार तीन सय ४४ मतदान केन्द्रबाट हुने मतदानका लागि बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । सोमबार अन्तिम प्रचारप्रसारमा सहभागी दल तथा मतदाता मतदानको दिनको व्यग्र प्रतीक्षामा छन् ।
दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार निर्वाचन हुँदै छ । मतदानको ७२ घन्टाअगाडिको समयलाई आयोगले मौन अवधि तोकेको छ । यो अवधिमा निर्वाचन प्रसारप्रसार गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचारसामग्री हटाउन आयोगले आग्रह गरेको छ ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...
वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...