गठबन्धनको एकता देखेर आत्तिएका ओलीले असन्तुलित अभिव्यक्ति दिन थालेको कांग्रेस नेता पौडेलको जिकीर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गठबन्धनको एकता देखेर आत्तिएका ओलीले असन्तुलित अभिव्यक्ति दिन थालेको कांग्रेस नेता पौडेलको जिकीर

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले गरेको चुनावी एकतालाई देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताएका छन् ।

उनले अहिलेको व्यवस्थानै ओलीले सिध्याउन खोजेकाले गठबन्धन बनेको र देशलाई पार लगाएर मात्रै छुट्टिने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा नेता पौडेलले आत्तिएर ओलीको अभिव्यक्ति पनि सन्तुलित हुन छोडेको बताए ।

नेता पौडेलले अहिलेको गठबन्धन संविधान र व्यवस्था नै सिध्याउन खोज्ने ओलीको अधिनायकवादका विरुद्धमा तयार भएको बताए ।
पौडेलले सरकार सञ्चालनको साटो अधिनायक बन्ने आकांक्षा देखाएर संविधान र लोकतन्त्रलाई धरापमा पारेर ओलीले नै गठबन्धन बनाइदिएको तर्क गरे ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ बैशाख ६, २१: ३५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ बैशाख ६, २१: ३५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ बैशाख ६, २१: ३५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...