
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले गरेको चुनावी एकतालाई देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताएका छन् ।
उनले अहिलेको व्यवस्थानै ओलीले सिध्याउन खोजेकाले गठबन्धन बनेको र देशलाई पार लगाएर मात्रै छुट्टिने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा नेता पौडेलले आत्तिएर ओलीको अभिव्यक्ति पनि सन्तुलित हुन छोडेको बताए ।
नेता पौडेलले अहिलेको गठबन्धन संविधान र व्यवस्था नै सिध्याउन खोज्ने ओलीको अधिनायकवादका विरुद्धमा तयार भएको बताए ।
पौडेलले सरकार सञ्चालनको साटो अधिनायक बन्ने आकांक्षा देखाएर संविधान र लोकतन्त्रलाई धरापमा पारेर ओलीले नै गठबन्धन बनाइदिएको तर्क गरे ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...